स्थानीय तह निर्वाचन
एमालेमा आन्तरिक शक्ति सञ्चयसँगै साना दलसँग तालमेलको संकेत 

एमालेमा आन्तरिक शक्ति सञ्चयसँगै साना दलसँग तालमेलको संकेत 


  • 10.9K
    SHARES
    • माघ १६, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 16.8K Views

    एमालेमा आन्तरिक शक्ति सञ्चयसँगै साना दलसँग तालमेलको संकेत 

    काठमाडाैं, १६ माघ । आगामी जेठ मसान्तसम्ममा स्थानीय तहको  निर्वाचन गर्ने सत्ता गठबन्धनको निर्णसँगै राजनीतिक दलहरु स्थानीय तहको चुनाव तयारीमा जुट्नेबेला भएको छ। वर्तमान सत्ता गठबन्धन आगामी चुनावमा एकै ठाउँ रहने सम्भावना कायम छ। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गठबन्धन तोड्ने पक्षमा छैनन् भने नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाईसमेत गठबन्धन कायमै राख्ने इच्छा छ।

    images

    तर कांग्रेसभित्र संस्थापन इतर समूहले स्थानीय तहको निर्वाचनमा कसैसँग तालमेल नगरी जाने मनस्थितिमा छ। महामन्त्री गगन थापाले आगामी चुनावमा गठबन्धन कायम रहिरहनु जरुरी नभएको सार्वजनिक रुपमा बोलिरहेका छन्।  जेठमा हुने भनिएको स्थानीय तह निर्वाचनको मिति भने तोकिएको छैन्। चौतर्फी दबाबकाबीच जेठमा चुनाव गर्ने पक्षमा उभिएको गठबन्धन चुनावसम्म कायम  रहने वा भत्किने अझै टुंगो छैन्।

    सरकार साझेदार दलहरुबीचको गठबन्धन कायम रहिरहेको वर्तमान परिवेशमा एमाले पनि साना दलहरुबीच गठबन्धन गरेर चुनावी मोर्चामा जाने चर्चा चल्न थालको छ।  आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनसँग सामना गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेदेखि नै साना दलहरुसँग गठबन्धन बनाउन छलफल थालेको चर्चा चलेकाे छ । 

    राष्ट्रिय सभामा साना दलसँग गठबन्धन गरेको एमालेले आगामी चुनावमा पनि ती दलहरुसँग गठबन्धन गर्ने संकेत देखाएको छ। स्थानीय तहको निर्वाचनमा अहिलेको सत्तारुढ पाँच दलीय गठबन्धनबाहेक अन्य दलहरुसँग एमालेले सहकार्य गर्ने विषयले राजनीतिकवृत्तमा चर्चा भइरहदा पार्टीले आधिकारिक योजना नबनाएको एमाले स्रोतको दाबी छ। नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञावाली आगामी चुनावमा एमाले एक्लै लड्ने बताउँछन्। यस विषयमा ज्ञवालीले भने, ‘एमाले कसैसँग मिल्ने भन्दा पनि आन्तरिक शक्तिका आधारमा चुनाव लड्ने योजनाकासाथ शक्ति सञ्चय गरेर बसेको छ।’ अहिले कसैसँग मिलेर चुनावमा जाने योजना नभएपनि आवश्यक परेका खण्डमा केही ठाउँहरुमा अन्य शक्तिहरुसँग पनि चुनावी तालमेल हुन सक्ने उनले बताए ।
    उपाध्यक्ष ज्ञावालिको यो भनाइलाई आधार मान्ने हो भने पनि एमालेले आगामी निर्वाचनमा पाँच दल बाहेकका राजनीतिक शक्तिहरुसँग तालमेल गरेर जाने संकेत देखाएको बुझिन्छ।

    राष्ट्रियसभाको निर्वाचनमा पनि एमालेले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र राजेन्द्र लिङदेन नेतृत्वको राप्रपासँग गठबन्धन गरेको थियो। एमालेले स्थानीय तहको निर्वाचनमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग, महन्थ ठाकुर नेतृत्वको लोसपादेखि सिके राउत नेतृत्वको जनमत पार्टीसम्म चुनावी तालमेल गर्ने तयारी गरेको स्रोतको दाबी छ। एमाले नेताहरु भने अहिल्यौ कसैसँग तालमेलको आधिकारिक छलफल सुरु नभएको बताउँदे आउका छन्।

    राष्ट्रिय सभामा  केही ठाउँ तालमेल भए पनि स्थनीय चुनावका योजना नबनाएको र जो शक्ति आए पनि एक्लै सामना गर्न तयार अवस्थामा रहेको उमाले उपाध्यक्ष ज्ञावालीले तेस्रो आँखालाई बताए। साना दलहरुसँगको चुनावी गठबन्धनको  विषयमा पार्टीभित्र आधिकारी  छलफल नभएको र आफ्नै संगठनलाइ सुदृढ बनाउँदै शक्ति सञ्चय तिर लागेको उनको भनाइ छ।

    निवर्वाचन आयोगले भने जेठ ५ गते नै स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल समाप्त हुने भएकाले वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सरकारलाई यसअघि सिफारीस गरेको छ। आयोगसँगको परामर्शमा चुनावको मिति तोक्ने सरकारको तयारी रहेको सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।

    एमाले वैशाखमै चुनाव गर्नुपर्ने पक्षमा रहेको उपाध्यक्ष युवराज ज्ञवालीले बताए। उनले भने,‘हामी संविधान र कानुनअनुसार वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने पक्षमा छौं तर सत्ताधारी दलहरु चुनावमा डराएको देखिन्छ।’ स्थानीय तहको निर्वाचन सकेर प्रदेश र संघको पनि चुनाव पनि समयमै गर्नु पर्ने ज्ञवालीले बताए। आन्तरिक गठजोडको समस्षका कारण चुनावका विषयमा अल्मलिएको गठबन्धको शनिबारको निर्णयले वैशाखमै नभएपनि समयमै स्थानीय चुनाव हुनसक्ने संकेत देखिएको उनको भनाइ छ।

    संविधान मिचेर समयमा चुनाव नगर्ने अनेक खालको प्रयत्न भइरहेको बताउँदै ज्ञवालीले एमाले तीनै तहको चुनाव छुट्टा छुट्टै गर्ने पक्षमा रहेको बताए।