• ट्रेण्डिङ्ग :
राप्रपामा पदाधिकारी र विभागीय प्रमुख मनोनित, को को परे ? (नामावलीसहित)

राप्रपामा पदाधिकारी र विभागीय प्रमुख मनोनित, को को परे ? (नामावलीसहित)


  • 10.2K
    SHARES
    • माघ १६, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 15.7K Views

    राप्रपामा पदाधिकारी र विभागीय प्रमुख मनोनित, को को परे ? (नामावलीसहित)

    काठमाडौं, १६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पदाधिकारी तथा विभागीय प्रमुख मनोनयन गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष, महामन्त्री, प्रवक्ता, सहायक प्रवक्ता, सहमहामन्त्री, सहायक महामन्त्री गरि २४ जनालाई मनोनित गरेका हुन् । 

    images

    जसअनुसार उपाध्यक्षमा हेमजंग गुरुङ र मुकुन्दश्याम गिरी मनोनित भएका छन् भने महामन्त्रीमा राजेन्द्र गुरुङ र प्रह्लाद प्रसाद साह मनोनित भएको महामन्त्रीमा राजेन्द्र गुरुङले जानकारी दिए । 

     उनकाअनुसार प्रवक्तामा भक्ति प्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाल मनोनित हुँदा सहायक प्रवक्तामा प्रविन कुमार थोकर तामाङ, दिनेश कुमार साह, पूर्ण बहादुर चन्द मनोनित भएका छन् । 

    यस्तै सह महामन्त्रीमा मोहन प्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रवीन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङ मनोनित हुँदा सहायक महामन्त्रीमा रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अलि र दिपक कुमार राइ मनोनित भएका छन् । 

    272208558_677141130309163_4561584703131980026_n.jpg

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय प्रजातन्त्र पार्टी

  • तेस्रो आँखा