• ट्रेण्डिङ्ग :
प्रदेशको नामकरणबारे विज्ञ र सरोकारवालासँग छलफल गर्न समिति गठन

प्रदेशको नामकरणबारे विज्ञ र सरोकारवालासँग छलफल गर्न समिति गठन


  • 10.7K
    SHARES
    • माघ १७, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 16.4K Views

    प्रदेशको नामकरणबारे विज्ञ र सरोकारवालासँग छलफल गर्न  समिति गठन

    काठमाडाैं,१७ माघ । प्रदेशको नामकरणबारे विज्ञ र सरोकारवालासँग छलफल थाल्न र प्रदेशको आन्तरिक संरचना निर्माण गर्न प्रदेश १ सरकारले अलगअलग समिति निर्माण गरेको छ । आइतबार साँझ बसेको प्रदेश १ मन्त्रिपरिषद् बैठकले प्रदेशको नामकरणबारे विज्ञ र सरोकारवालासँग छलफल गर्न सामाजिक विकासमन्त्री जयराम यादवको नेतृत्वमा कार्यदल गठन गरेको हाे ।

    images

    प्रदेश १ सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार उक्त्त कार्यदलले आवश्यक छलफल गरेर नामकरणबारे सरकारलाई प्राथमिकताका आधारमा प्रतिवेदन दिनेछ । र, सरकारले सोही प्रतिवेदनका आधारमा प्रदेश सभामा नामकरणबारे प्रस्ताव दर्ता गराउनेछ । 

    बैठकले प्रदेशको आन्तरिक संरचना निर्माणका लागि जग्गा खोज्न पनि कार्यदल गठन गरेको छ । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको नेतृत्वमा गठन भएको कार्यदलमा बृहत्तर विराटनगर क्षेत्रभित्र पर्ने मोरङको विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान गाउँपालिका र सुन्दरहरैँचा नगरपालिकाका प्रमुख र  सुनसरीको इटहरी उपमहानगरपालिका र  दुहबी नगरपालिकाका प्रमुख सदस्य रहनेछन् ।

    प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रशासनिक सुधार आयोग सदस्य सचिव रहने उक्त्त कार्यदलले आवश्यक पर्ने जग्गा खोजबिन गरी संरचना एकैठाउँमा निर्माण गर्न सरकारलाई प्रतिवेदन दिनेछ ।

  • सम्बन्धित विषय:

  • # प्रदेश नं.१

  • तेस्रो आँखा
    लेखकबाट थप