स्वार्थको ‘सर्त’— एमसीसी 

     स्वार्थको ‘सर्त’— एमसीसी 


  • 18.1K
    SHARES
    • माघ १७, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 27.8K Views

         स्वार्थको ‘सर्त’— एमसीसी 

    काठमाडौं, १७ माघ । केही दिन अघि बसेको पाँच दलीय गठबन्धनको बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन जोगाउनका लागि एमसीसी पास गर्नुपर्ने ‘सर्त’ सुनाइदिए । यो सर्तमा गठबन्धनका अन्य नेताहरु ‘मञ्जुर’ नभएका खबर बाहिर आए । उनीहरु एमसीस्ी पास गर्न राजी हुने तर गठबन्धन तोड्न नहुने मनस्थितीमा पुगिसकेका भने थिए। फलतः एमसीसी पास गरेरै अघि बढ्ने गठबन्धनका शिर्ष नेताहरुबीच सहमती भैसकेको हल्ला बाहिर आयो । यसको पुष्ट्याई जसपाका नेता डा. बाबुराम भट्टराईले पनि गरिदिए । उनले ट्वीट गर्दै एमसीसी पास हुनुपर्ने र गठबन्धन भत्काउन नहुनेमा जोड दिईसकेका छन् ।

    images

    एमसीसी पास गर्न हुने वा नहुने भन्ने राजनीतिक बहस नेपालमा लामो समयदेखि चलिरहेकै छ । यसका फाईदा बेफाईदाका बारेमा भैरहेको बहसले नत यसलाई ठीक सावित गर्न सकिरहेको छ नत गलत सावित गर्न नै । पास हुनुपर्छ र हुनु हुँदैन भन्दै राजनीतिक तवरबाट उठिरहेका बहस केवल राजनीतिक ‘अभिष्ट’ पुरा गर्नमै केन्द्रीत देखिएका छन्।

    लामो समयदेखि एमसीसी पास गराउने ‘दाउ’ रचिरहेका प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले यसलाई आफ्नो ‘प्रतिष्ठा’ संग जोडिरहेका छन्। जसरी पनि पास गराउनै पर्छ भन्ने मानसिकताका देउवाले यसलाई पास गराएर आफ्नो पुरानो अपेक्षालाई मुर्त रुप दिने जोडबलमा लागिरहेका छन्। फलतः गठबन्धन टुटाउने धम्की सहित गठबन्धन भित्र एमसिसिको ‘पासा’ फ्याँकिदिए । स्थानीय तहको निर्वाचनका बारेमा गठबन्धन भित्रको अन्यौलता कायम रहिरहेकै बेला एमसिसिलाई बिचमा ‘घुसाएर’ देउवाले नेपाली राजनीतिमा एमसीसी बहसको नयाँ तरंग ल्याइदिए। गठबन्धनमा रहेका अन्य दलहरुको गठबन्धन टुट्नु हुँदैन भन्ने ‘सेन्टिमेन्ट’ क्यास गरेर देउवाले आफूलाई एमसीसीको ‘निर्णायक’ बन्ने बाटोमा हिँडाइदिएका छन् , तर यो कति प्रभावकारी भन्ने बहसको पाटोलाई भने नत उनले न उनी निकटस्थले आमनागरिकलाई स्पष्ट पार्न नै खोजेका छन्।

    एमसीसी पास गर्नुहुन्न भन्दै गठबन्धनमै ‘धावा’ बोल्दै आएका माओवादी अध्यक्ष पुष्पकमल दाहालको पुरानो अभिब्यक्तिले एमसिसिलाई सहज बन्ने बाटो देखाएको थिएन। जहिल्यै नेपाली शक्ति केन्द्रमा रहेर नेपाली राजनीतिको ‘स्टेरिङ’ घुमाउने प्रचण्डको यो निर्णयले नेपालमा एमसीसी पास हुने भन्ने अन्यौलता कायम भइरहेकै थियो । तर गठबन्धन टुटाउने धम्कीसहित कांग्रेस सभापतिबाट आएको ‘एमसीसी सर्त’ ले प्रचण्डलाई सकस पारिदिएको छ।

    नेकपाबाट अलग भइसकेपछि खुम्चिएको माओवादीलाई ठूलो शक्ति केन्द्र बनाउन प्रचण्ड एक्लै सक्षम हुने सम्भावना नेपाली राजनीतिको परिदृष्यले देखाइरहेकै छैन । आफू र आफ्नो दललाई कमजोर पारेर प्रचण्डले आफ्नो कमजोर उपस्थिती दर्साउन किमार्थ चाहिरहेका छैनन्। फलतः कांग्रेसको ‘बुई’ चढेर मात्रै आफू शक्ति केन्द्रमा पुग्ने उनको निर्विकल्प निर्णयका सामु एमसीस्ीकडा चुनौती बनेर गठबन्धनमा प्रवेश गरिदिएको छ। यसर्थ पुनः नेपाली राजनीतिको शक्ति केन्द्रमा बसेर स्टेरिङ पकड्ने अभिलाषालाई साकार पार्नका लागि प्रचण्ड एमसीसी पक्षधर’ बनेर संसदमा उभिने सम्भावना अधिक देखिएको छ। भलै गठबन्धनका शिर्ष नेताहरुकाबीचमा सहमती भइसकेको भनेर अपुष्ट खबरहरु सार्वजनिक भइरहेकै पनि छन्।

    प्रचण्ड जतिकै अप्ठ्यारोमा परेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई पनि एमसीसी ठूलो चुनौती बनेर उभिइदिएको छ । नेकपा एमालेबाट अलग्गिएर बनेको समाजवादी पार्टीलाई एमाले भन्दा ठूलो पार्टी बनाउने धम्की नेपालले दिइरहेका छन्। एमाले भन्दा ठूलो पार्टी बनाउने धम्की सँगै एमालेलाई ठूलो पार्टी बन्न नदिने उनको नेपाल अभिलाषालाई साकार पार्ने अर्को महत्वपूर्ण योजनाका सामु गठबन्धनको आयू निर्भर छ नै। फलतः नेपाल पनि गठबन्धनलाई भत्काउन हुन्न भन्ने पक्षमा लागिरहेकै छन्। यसर्थ पनि गठबन्धन जोगाउनका लागि फ्याँकिएको एमसीसी पासाका सामु नेपाललाई झुक्न दबाब परिरहेकै छ।

    उता प्रतिपक्षबाट सरकारका काम कारवाहीको लगातार आलोचना गरिरहेको नेकपा एमालेले चुनावी मिति पर्खेर बसिरहेको छ। तत्कालै स्थानीय तहको चुनाव भए गठबन्धन तोडिने र यसको फाइदा चुनावमा आफूलाई हुने भविष्यवाणी गरेर एमाले बसेको छ। गठबन्धन टुटाउनै पर्ने दबाबमा रहेको एमालेले पनि एमसीसीलाई गठबन्धन टुटाउने सर्तका रुपमा प्रधानमन्त्री देउवालाई प्रस्ताव गरिसकेको छ। जसरी पनि एमसीसी पास गराउनैपर्ने देउवा सोचको फाइदा उठाउन खोजेको एमालेले गठबन्धन टुटाउने सर्तमा एमसीसी पास गर्ने प्रस्ताव गरेर आफ्नो राजनीतिक अभिष्ट पुरा गर्ने दाउ खेलिरहेको छ । 

     

  • सम्बन्धित विषय:

  • # एमसीसी

  • तेस्रो आँखा