देउवा र प्रचण्डबीच भेटवार्ता

देउवा र प्रचण्डबीच भेटवार्ता


  • 9.6K
    SHARES
    • माघ १७, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 14.7K Views

    देउवा र प्रचण्डबीच भेटवार्ता

    काठमाडौं, १७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

    images

    सोमबार देउवा र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवारटारमा भेटवार्ता भएको हो। भेटका क्रममा दुई नेताबीच एमसीसी, स्थानीय निर्वाचनलगायतका विषयमा छलफल भएको सचिवालयले जनाएको छ।

    स्थानीय तहको निर्वाचन भने जेठ मसान्तसम्ममा सम्पन्न गर्ने गठबन्धन दलहरुबीच सहमति भइसकेको छ।

    अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पारित गर्ने विषय पेचिलो बनिरहेको बेला दुई नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

  • सम्बन्धित विषय:

  • # शेर बहादुर देउवा
  • # एमसीसी
  • # प्रचण्ड

  • तेस्रो आँखा