आगामी जेठ ५ भित्रै स्थानीय तहकाे चुनाव गर्नुपर्ने आयाेगकाे ‘बटमलाइन’

आगामी जेठ ५ भित्रै स्थानीय तहकाे चुनाव गर्नुपर्ने आयाेगकाे ‘बटमलाइन’


  • 8.2K
    SHARES
    • माघ १७, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 12.7K Views

    आगामी जेठ ५ भित्रै स्थानीय तहकाे चुनाव गर्नुपर्ने  आयाेगकाे ‘बटमलाइन’

    काठमाडाैं,१७ माघ । निर्वाचन आयोगले भने २०७९ साल जेठ ५ भित्रै स्थानीय तहकाे चुनाव गर्नुपर्ने ‘बटमलाइन’ अघि सारेको छ । स्थानीय तहको चुनाव गर्न संविधान र ऐन बाझिएकाले ऐन संशोधन गरेर मात्रै जेठ मसान्तभित्र चुनाव गर्ने विषयमा दलहरू अलमल गरिरहेकावेला अयाेगले यस्ताे भनेकाे हाे । 

    images

    एन संसाेधन गरेर मात्रै चुनावकाे मिति तोक्ने सत्तारुढ दलको गृहकार्य भइरहे नी जेठ ५ भित्रै चुनाव सुरु गरे स्थानीय तह निर्वाचन ऐन संशोधन गर्न नपर्ने आयोगका उच्च पदाधिकारीको भनाइ छ । गत शनिबार बालुवाटारमा बसेको सत्तारुढ राजनीतिक दलको बैठकले अघिल्लो पटक तीन चरणमा फरक फरक मितिमा निर्वाचित भएका जनप्रतिनिधिहरूको पदावधि पनि फरक मितिमै सकिने भएकाले सोहीअनुसार स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने निर्णय गरेको थियो ।

    संविधानले निर्वाचित पदाधिकारीको कार्यकाल ५ वर्ष किटान गरेको छ भने निर्वाचन ऐनले निर्वाचित पदाधिकारीको कार्यकाल सकिनुभन्दा २ महिनाअघि निर्वाचन गरिसक्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै संविधानको धारा २२५ ले स्थानीय तहमा निर्वाचित पदाधिकारीको कार्यकाल सकिएको ६ महिना भित्र निर्वाचन गर्न सकिने व्यवस्था समेत गरेको छ ।

    यस्तो अवस्थामा अघिल्लो पटक वैशाख, असार र असोजमा निर्वाचन भएकाले संविधान र ऐन आपसमा बाझिएको सत्तारुढ दलको दाबी छ । तर, निर्वाचन आयोग सत्तारुढ दलको यो भनाइ मान्न तयार छैन । आयोग उच्च स्रोतका अनुसार संविधान त अघि बढ्ने हो भने जेठ ५ अघि नै निर्वाचन सुरु गरे मात्र पनि त्यो झमेलाबाट बच्न सकिनेछ ।

  • सम्बन्धित विषय:

  • # निर्वाचन आयाेग

  • तेस्रो आँखा
    लेखकबाट थप