खैरो हिरोइनसहित सातजनालाई पक्राउ

खैरो हिरोइनसहित सातजनालाई पक्राउ


  • 9.2K
    SHARES
    • माघ १८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 14.1K Views

    खैरो हिरोइनसहित सातजनालाई पक्राउ

    काठमाडाैं,१८ माघ ।  प्रहरीले धरानका विभिन्न स्थानबाट खैरो हिरोइनसहित सातजनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा संघीय प्रहरी इकाइ कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धरान उपमहानगरपालिका– १३ शिवधारा बेसक्याम्प टोलस्थित नरेश मगरको कोठाबाट खैरो हिरोइन बरामद गरेको हो ।

    images

    चारजनालाई कोठाबाटै नियन्त्रणमा लिएको र उनीहरूसँगको प्रारम्भिक बयानका आधारमा अन्य तीनजनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । उक्त कोठाबाट धरान–१३ का २९ वर्षीय भरत मगर, २७ वर्षीय ओमप्रकाश लिम्बु, २६ वर्षीय सुजन श्रेष्ठ, ३० वर्षीय मन्दीप मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
     

    धरान–१२ चतरालाइनस्थित नगरपालिका गेटअगाडिबाट २६ वर्षीय जनम मगर, धरान–३ भानुस्मृति पथबाट धरान–३ का २० वर्षीय सारन खड्गी, सोही वडाका २२ वर्षीय राजीव मगर पनि पक्राउ परेको प्रहरीले जनाएको छ । लुकाइछिपाई राखेको अवस्थामा लागुऔषध खैरो हिरोइन जस्तो देखिने लिसाइलो पदार्थ र डिजिटल तराजुसमेत फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।  

    २० ग्राम तौल रहेको उक्त हिरोइन बेचबिखन गर्न ल्याएको खुलेको छ । लागुपदार्थ जोख्न प्रयोग भएको तराजुसमेत फेला परेपछि प्रहरीले थप अनुसन्धान गरेको थियो । पक्राउ परेकाहरूलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा