एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ


  • 3.7K
    SHARES
    • बैशाख १४, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 5.7K Views

    एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ
    काठमाडौँ, १४ वैशाख / काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो सात सय ६८ ग्राम सुन तथा रु एक करोड ४३ लाख ६० हजार नगदसहित सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
     
    पक्राउ पर्नेमा दार्चुला महाकाली नगरपालिका–३ टाँटे बस्ने ४७ वर्षीय गणेशदत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल तथा भारत महाराष्ट्रका अमोल बिभुते, ऋषिकेशप्रकाश बिभुते र गणेशसतिश बाल्टे रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।
     
    बिहीबार साँझ काठमाडौँको इन्द्रचोकबाट पक्राउ परेका उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 


    तेस्रो आँखा