तत्कालीन उपाध्यक्षसहित छ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर

तत्कालीन उपाध्यक्षसहित छ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर


  • 4.8K
    SHARES
    • बैशाख १४, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 7.4K Views

    तत्कालीन उपाध्यक्षसहित छ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर

    काठमाडौँ, १४ वैशाख/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी एकडारा गाउँपालिका-१ मा सडक ढलानका क्रममा अनियमितता गरेको आरोपमा तत्कालीन उपाध्यक्षसहित छजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    images

    आयोगले गाउँपालिका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख महेन्द्रकुमार मण्डल र असिस्टेन्ट सबइन्जिनियर सञ्जयकुमार मण्डल र जानकी कन्स्ट्रक्सन मनरा महोत्तरीका सञ्चालक राकेशकुमार रायविरुद्ध रु आठ लाख ६५ हजार एक सय ४५ बराबरको बिगो माग दाबी गर्दै आज मुद्दा दायर गरिएको जनाएको छ । 

    गुणस्तरहीन काम गरेको र त्यसलाई सदर गरी राज्यको स्रोतको दुरुपयोग गरेको पाइएकाले उनीहरुविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । 


    तेस्रो आँखा