स्थानीय तहको निर्वाचनबारे प्रधानमन्त्री देउवाले निर्वाचन आयोगसँग छलफल गर्दै

स्थानीय तहको निर्वाचनबारे प्रधानमन्त्री देउवाले निर्वाचन आयोगसँग छलफल गर्दै


  • 9.5K
    SHARES
    • माघ १८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 14.6K Views

    स्थानीय तहको निर्वाचनबारे प्रधानमन्त्री देउवाले निर्वाचन आयोगसँग छलफल गर्दै

    काठमाडौं, १८ माघ । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँग छलफल गर्दैछन्। उनले निर्वाचन आयोगका पदाधिकारीहरुलाई छलफलका लागि मंगलबार दिउँसो ३ बजे बालुवाटार बोलाएका छन्।

    images

    आयोगले जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिने भएकाले त्यसअघि नै निर्वाचन गरिसक्नुपर्ने सुझाव सरकारलाई दिइसकेको छ। गठबन्धनले पनि केही दिन अघि जेठमा स्थानीय तहको निर्वाचन गर्ने गरि सरकारलाई सुझाव दिएको थियो । देउवालाई निर्वाचनको मिति तोक्न दबाब परिरहेको छ ।