काठमाडौं, १८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ४ गते स्थानीय तहको निर्वाचन हुने बताएका छन्। कांग्रेस बागमती प्रदेशका पदाधिकारीहरुसँगको भेटका क्रममा देउवाले जेठ ४ मा स्थानीय तहको निर्वाचन हुने बताएका हुन्।
साथै उनले स्थानीय तहका निर्वाचन जेठ ४ गते तोकिने र त्यसको तयारीमा लाग्न प्रदेश पदाधिकारीहरुलाई निर्देशन दिए। उक्त भेटमा देउवाले चुनावको मिति केहि दिनमै घोषणा हुने बताएका थिए।
