काठमाडौं, १८ माघ । नेकपा एमालेका पूर्व उपाध्यक्ष बामदेव गौतमले नयाँ पार्टी खोल्न लागेको कुरा बाहिरिएको छ। तर उनको सचिवालयले नयाँ पार्टी खोल्ने कुरा आधिकारिक्ता नभएको पुष्टि गरेको छ। नेता गौतमलाई केही मिडियाहरुले पार्टी खोल्नुहुन्छ ? भनेर सोध्दा खोल्छु भन्नुभएको थियो, त्यसैलाई आधारमा मानेर हल्ला फैलाइएको सचिवालयकाे दाबी छ। पार्टी खोल्ने विषयमा कुनै छलफलसमेत नभएको गौतमको सचिवालयल जनाएको छ ।
बामदेव गौतम कोरोना संक्रमित भएर आइसोलेसनमा रहेको उनका स्वकीय सचिव दिपक टमट्टाले जानकारी दिए। उनले तेस्रो आँखासँग भने, ‘दाई कोरोना संक्रमित भएर आइसोलेसनमा हुनुहुन्छ, म पनि आइसोलेसनमै छु। पार्टी खोल्ने हो भने को–को रहने ? नाम के हुने ? पार्टीको अवधारणा के हुने भन्ने होला नी।’ उनले यसअघि थपे ‘यी सबै अनावश्यक हल्ला हुन।’
गौतम अहिले राष्ट्रिय सभा सदस्य छन। २०७४ सालको संसदीय चुनावमा बर्दिया–१ मा पराजित भएका गौतमलाई केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ मा राष्ट्रिय सभा सदस्य मनोनित गर्न सिफारिस गरेको थियो। सरकारको सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई मनोनित गरेकी थिइन्। गौतम ६ वर्षका लागि राष्ट्रिय सभा सदस्य बनेका हुन्। गौतमले नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने तयारी भइरहेको विषयमा गौतमका प्रेस सल्लाहाकार विश्वमणी सुवेदीले ठट्टा ठट्टामै भन्नुभएका कुरा आधिकारिक नहुने बताए।
एमाले विभाजन भएपछि उपाध्यक्षबाट राजीनामा दिएका गैतम माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट छन्। गौतम मंसिरमा भएको एमालेको १० औं महाधिवेशन प्रक्रियामा पनि सहभागी भएनन्। २०५४ मा एमालेबाट विभाजित भएर गौतमले आफ्नो नेतृत्वमा नेकपा (माले) गठन गरेका थिए। मालेले चार वर्षपछि २०५८ मा एमालेसँग एकता गरेको थियो। ख्याल ठट्टामै गरिएका कतिपय कुरालाई आधिकारिकता दिएर अघि बढ्ने गौतमको विगतका कार्यशैलिका कारण उनले पार्टी खोल्न सक्ने आंकलन गर्न सकिन्छ।
