स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा भ्रष्टाचार गरेको उजुरी

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा भ्रष्टाचार गरेको उजुरी


  • 7.3K
    SHARES
    • माघ १८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा भ्रष्टाचार गरेको उजुरी

    काठमाडौं, १८ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। खतिवडाले राज्यकोषको दुई अर्ब ५० करोड रुपैयाँ हिनामिनाको आरोप लगाउँदै नेकपा एमाले आवद्ध राष्ट्रिय युवा संघ नेपालले अख्तियारमा उजुरी दिएको हो। 

    images

    खतिवडाले जिम्मेवारी बहन गरेपछि कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप हराएको र त्यसको मूल्य करिब दुई अर्ब ५० करोड रुपैयाँ रहेकाले हिनामिनामा मन्त्रीको संलग्नता रहेको युवा संघकाे आरोप छ। मन्त्री खतिवडा र यस कार्यमा संलग्न व्यक्तिहरूमाथि छानबिन गर्न माग गरिएको छ।

    अर्थमन्त्री खतिवडालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३, ८ र १७ तथा अन्य कानुनी प्रावधान बमोजिम कारबाही गर्न माग गरेकाे संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए। स्वास्थ्य मन्त्रालयभित्रैबाट खोप हराउनु लज्जाको विषय भएको आरोप लगाइएको छ ।

    अध्यक्ष पौडेलकाअनुसार मन्त्री खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ बमोजिम उजुरी दर्ता गरिएको छ ।