• ट्रेण्डिङ्ग :
महोत्तरी जिल्लाका आगलागी पीडितलाई कामपाको रु १० लाख सहयोग

महोत्तरी जिल्लाका आगलागी पीडितलाई कामपाको रु १० लाख सहयोग


  • 2.5K
    SHARES
    • बैशाख १७, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 3.9K Views

    महोत्तरी जिल्लाका आगलागी पीडितलाई कामपाको रु १० लाख सहयोग

    काठमाडौँ, १७ वैशाख/ काठमाडौँ महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ जरलहवा टोलका आगलागी पीडितलाई रु १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । महानगर विपद् व्यवस्थापन समितिले आगलागीको विपदमा परेका व्यक्ति तथा परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।  

    images

    उक्त रकम आज नगरपालिकाको खातामा जम्मा हुने गरी पठाउने महानगरपालिकाको तयारी रहेको छ । जरलहवा टोलमा यही वैशाख १२ गते दिउँसो १ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागीमा परेर ९१ वटा कच्ची घर र ९ वटा अर्धपक्की घर गरेर एक सय घर जलेर नष्ट भएका थिए । यसबाट चार सय ५५ जना प्रभावित भए भने सोही आगलागीले पाँच वटा बाख्रा, दुई वटा सँुगुर जलेर नष्ट भएका थिए । 


    तेस्रो आँखा