• ट्रेण्डिङ्ग :
केही स्थानहरूमा आज पनि वर्षा र हावाहुरी

केही स्थानहरूमा आज पनि वर्षा र हावाहुरी


  • 6.8K
    SHARES
    • बैशाख १८, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 10.5K Views

    केही स्थानहरूमा आज पनि वर्षा र हावाहुरी

    काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।

    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

    कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको अनुमान छ। लुम्बिनी, मधेश, सुदूरपश्चिम र कोशी प्रदेशका केही र बाँकी भूभागको थोरै स्थानमा हावाहुरीको सम्भावना छ।

    आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। लुम्बिनी, मधेश, सुदूरपश्चिम र कोशी प्रदेशका केही र बाँकी भूभागको थोरै स्थानमा हावाहुरीको सम्भावना छ।


    तेस्रो आँखा