बुटवल । एकल महिलाको अश्लील भिडियो बनाएर ब्ल्याकमेल गर्ने र फटक-पटक बलत्कार गर्ने एक युवा पक्राउ परेका छन्। रुपन्देहीको बुटवल उपमहानगरपालिका - १३ बस्ने ३६ वर्षीय सिद्धार्थ गुरुङ एकल महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेकाहुन् ।
हरेकपटक धम्की दिएर ती महिलासँग यौनसम्पर्क गर्ने गरेको आरोपमा उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको हो ।
गुरुङले पहिला - पहिला दिदी भनेर नाता लगाएको र पछि अश्लील भिडियो बनाएर पटक पटक करणी गरेको महिलाको आरोप छ । ती महिला र गुरुङ केही समय व्यापारिक साझेदार समेत रहेको बुझिएको छ ।
