• ट्रेण्डिङ्ग :
डढेलो र आगलागीका घटना बढ्यो : छिटपुटबाहेक तत्काल ठूलो पानी नपर्ने

डढेलो र आगलागीका घटना बढ्यो : छिटपुटबाहेक तत्काल ठूलो पानी नपर्ने


  • 2.6K
    SHARES
    • बैशाख १९, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 4.0K Views

    डढेलो र आगलागीका घटना बढ्यो : छिटपुटबाहेक तत्काल ठूलो पानी नपर्ने

    काठमाण्डौ । देशभर डढेलो र आगलागीका घटना बढेका छन् । सुख्खा बढेका कारण वनको डढेलो बस्तीमा पस्ने र क्षति गर्नेक्रम बढेको छ । वैशाख लागेयता देशका एक हजार भन्दा धेरै ठाउँमा डढेलो र आगलागीका घटना भएका छन् । १३ सय भन्दा धेरै परिवार प्रभावित भएका राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्क छ ।

    images

    आगलागीजन्य घटना रोकथामको पूर्व तयारीमा कमजोरी तथा चेतनाको कमीका कारण जोखिम थप बढेको छ । अहिले भएका सीमित पूर्वाधारले मात्रै क्षति घटाउन सक्ने अवस्था नरहेको विज्ञको भनाई छ । वनमा लागेको डढेलो निभाउन पानी नै पर्नुपर्ने अवस्था छ । तर लामो समयदेखि पानी पर्न सकेको छैन ।

    मौसम पूर्वानुमान महाशाखाकाअनुसार डढेलो निभाउने गरी अबको तीन दिन पानी पर्ने सम्भावना छैन । आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो ।

    काठमाण्डौ उपत्यकामा पनि आज र भोलि पानी पर्ने सम्भावना छैन । कोशी, मधेस र लुम्बिनी प्रदेशका केही ठाउँमा आज दिउँसो हुरीबतासको समेत सम्भावना छ ।   


    तेस्रो आँखा