• ट्रेण्डिङ्ग :
नेपालसामु जितका लागि २१० रनको लक्ष्य

नेपालसामु जितका लागि २१० रनको लक्ष्य


  • 2.9K
    SHARES
    • बैशाख २०, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.4K Views

    नेपालसामु जितका लागि २१० रनको लक्ष्य

    काठमाडौँ, २० वैशाख । वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका लागि दुई सय १० रनको चुनौती दिएको छ । 

    images

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय ९ रनको योगफल बनायो । 

    वेस्ट इन्डिज ‘ए’का लागि आन्द्रे फ्लेचरले सर्वाधिक ८४ रनको योगदान दिए । उनले ५४ बल खेल्ने क्रममा नौ चौका र चार छक्का प्रहार गरे । यस्तै जोनसन चाल्र्सले ३० बलमा ६ छक्का र तीन चौकाको मद्दतमा ५८ रन बनाए । यसैगरी फाबियन एलनले अविजित ३३ रन बनाए । 

    बलिङतर्फ नेपालका लागि कुशल भुर्तेलले दुई तथा प्रतिश जिसीले एक विकेट लिए । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । 


    तेस्रो आँखा