• ट्रेण्डिङ्ग :
सर्लाहीमा आगलागीः विष्णु गाउँपालिका—१ बाराउद्योरण गाउँका ६५ भन्दा बढी घर जले

सर्लाहीमा आगलागीः विष्णु गाउँपालिका—१ बाराउद्योरण गाउँका ६५ भन्दा बढी घर जले


  • 3.9K
    SHARES
    • बैशाख २०, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 6.0K Views

    सर्लाहीमा आगलागीः विष्णु गाउँपालिका—१ बाराउद्योरण गाउँका ६५ भन्दा बढी घर जले

    बरहथवा (सर्लाही), २० बैशाख । सर्लाहीको विष्णु गाउँपालिका—१ स्थित बाराउद्योरण गाउँमा भिषण आगलागी हुँदा करिब ६५ घर जलेका छन् । आज दिउँसो स्थानीय शत्रुघन राउतको घरमा लागेको आगोपछि ग्यास सिलिण्डर विस्फोट हुँदा गाउँका करिब ६५ घर जलेका वडाध्यक्ष विकाउ ठाकुरले जानकारी दिनुभयो । 

    images

    दिउसो १ बजेतिरबाट सुरूभएको आगो स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बारुणयन्त्र, चापाकलको पानीको सहारामा करिब चार घण्टापछि निभाइएको समेत वडाध्यक्ष ठाकुरले बताउनुभयो । ‘‘आगो निभाउन चार घण्टाभन्दा बढी समय लाग्यो । दमकल समयमै आएको भए यति धेरै क्षति हुन्थेन । केहीबेरसम्म चापाकलकै सहारामा आगो निभाउने प्रयास भए पनि बस्ती नै सखाप गरेर छोड्यो । फुसको र खपडाको छानासहितका धेरै घर भएकाले आगो चाँडै फैलियो”, उहाँले भन्नुभयो । 

    स्थानीय विनय सिंहले एउटा घरमा लोगेको आगो ग्यास सिलिण्डर पड्किएपछि बस्तीमा विस्तार भएको बताउनुभयो । 

    नगरप्रमुख जवाहरलाल यादवले बाराउद्योरण गाउँमा आगलागीपछि एक सयभन्दा बढी घरमा क्षति पुगेको बताउनुभयो । उहाँले भर्खरै भित्र्याएको गहुँलगायत अन्नबाली, लत्ताकपडा जल्नुका साथै धेरै पशुचौपयासमेत जलेका र क्षतिको विवरण आइनसकेको बताउनुभयो । 

    त्यस्तै, सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हरिहरनाथ योगीले आगलागी नियन्त्रणमा आएको र हाल क्षतिको विवरण सङ्कलनको काम भइरहेको जानकारी दिनुभयो ।


    तेस्रो आँखा