काठमाडौं, १९ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी र नेकपा एकीकृतसँग एमसीसीमा सुधार गर्नुपर्ने बुँदाहरु मागेका छन्।
बुधबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट गरेर एमसीसीमा सुधार गर्नुपर्ने बुँदाहरु माग गरेका हुन् ।
उनले जसरी पनि एमसीसी भने पास गर्नै पर्ने बताएका थिए । देउवा जसरी पनि एमसीसी पास गर्ने रणनीतिमा छन् भने दाहाल र नेपालले भने अहिले नै एमसीसीका बारेमा धारणा बनाइसकेका छैनन् ।
