• ट्रेण्डिङ्ग :
प्रचण्डगर्मीका बीच चुरे संरक्षण पदयात्रा

प्रचण्डगर्मीका बीच चुरे संरक्षण पदयात्रा


  • 4.4K
    SHARES
    • बैशाख २१, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 6.7K Views

    प्रचण्डगर्मीका बीच चुरे संरक्षण पदयात्रा

    सिरहा, २१ वैशाख: ‘चुरे तथा वन जङ्गल जोगाऔं, देश र मधेशलाई मरूभूमि हुनबाट बचाऔँ’ भन्ने नाराकासाथ सुरूभएको चुरे संरक्षण पदयात्रा सिरहा आइपुगेको छ । वैशाख १६ गते सप्तरीको भारदहदेखि सुरूभएको यात्रा प्रचण्डगर्मीका बीच आज सिहाको गोलबजार आइपुगेको हो । 

    images

    १५ जना अभियानकर्मी सम्मलित पैदल यात्रा बाराको पथलैया हुँदै राजधानी काठमाडौंसम्म पुग्ने र सिंहदरबार अगाडि समापन गर्ने योजना रहेको यात्रामा सहभागी सुनिल यादवले बताउनुभयो । चुरे तथा वनजङ्गल संरक्षण, अव्यवस्थित, अवैध उत्खनन् रोक्न जनचेतना जगाउनुका साथै च्रे संरक्षणमा राज्यलाई दबाब दिने उद्देश्यले पैदल यात्राको सुरुआत गरिएको यादवले भनाइ छ ।  

    “चुरे पर्वत श्रृङ्खला तराई मधेशको जीवनदायी संरचना हो । यसमा भइरहेको उत्खनन् र नदीको दोहनले पानीको मुहान सुक्दैगएको र तराई मधेश मरूभूमिमा परिणत हुँदैगएको छ”, अभियन्ता यादवले भन्नुभयो,“अव्यवस्थित र अवैध उत्खनन् तथा दोहनरोक्न जनचेतना जगाउने र राज्यलाई दबाब दिने उद्देश्यले पैदलयात्रा आयोजना गरिएको हो ।”

    त्यसैगरी अभियानका अर्का पैदल यात्री दीपक यादवले चुरे विनासले विपत्तिनिम्तिन थालेकाले चुरे बचाउन ठूलो जनअभियानको आवश्यकता रहेको बताउनुभयो । “वैशाखको ‘लू’ लाग्ने तातो हावा र टन्टलापुर घाममा हामी रहरले पैदल हिँडेका होइनौँ । तराईँमा खानेपानीको हाहाकार भइसक्यो । यसरी नै चुरे विनास जारिरहे अबको १० वर्षमा पिउने पानी पाउनसमेत सङ्घर्ष गर्नुपर्ने दिन आउँने छन् । यही कुरा बुझाउन यात्रामा निस्केका छौँ”, यादवले भन्नुभयो । 

    अभियानी समूहले यसअघि गत पुष महिनामा पनि सप्तरीको भारदहदेखि पर्साको वीरगंजसम्म चुरे संकल्प पदयात्रा गरेको थियो । 


    तेस्रो आँखा