अमेरिकामा एक नेपालीले जिते एक अर्ब २० करोडको चिठ्ठा 

अमेरिकामा एक नेपालीले जिते एक अर्ब २० करोडको चिठ्ठा 


  • 22.3K
    SHARES
    • माघ २०, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 34.4K Views

    अमेरिकामा एक नेपालीले जिते एक अर्ब २० करोडको चिठ्ठा 

    काठमाडौं, २० माघ । अमेरिकामा एक नेपालीले १० मिलियन डलरको लोटरी (चिट्ठा) जितेका छन्। अमेरिकाको मासाचुसेट्समा बसोबास गर्दै आएका नेपाली नागरिक ध्रुव थापाले १० मिलियन डलरको चिठ्ठा जितेका हुन्। यो नेपाली रकम झण्डै १ अर्ब २० करोड हो।

    images

    मासाचुसेट्स स्टेट लोटरीका अनुसार जनवरी ११ मा उनले मेगामनी नामक चिठ्ठा जीतेको बताइएको छ। उनले चिठ्ठा बापत प्राप्त गरेको रकम एकमुष्ठ लिने भएका छन्। एक मुष्ठ रकम लिँदा उनले पाएको १० मिलियन डलर अर्थात एक करोड डलर मध्य ६५ लाख डलर मात्र पाउँँछन्।

    उनले एकमुष्ट पाउने ६५ लाख डलर मध्ये २० लाख डलर ट्याक्स बुझाउनुपर्ने हुन्छ। ट्क्याक्स बुझाएपछि नेपाली ५३ करोड ७५ लाख २५ हजार रुपैयाँ पाउने भएका छन्।

    थापाले ५० ओसन स्ट्रिटमा रहेको ओसन स्ट्रिट मार्केटबाट चिठ्ठा किनेका थिए। उनले चिठ्ठा वापत पाउने रकम आफ्नो छोरीको चिकित्सा अध्ययनमा लगाउने भएका छन्। खसाेखासबाट

     

     

  • सम्बन्धित विषय:

  • # अमेरिका
  • # चिठ्ठा
  • # ध्रुव थापा

  • तेस्रो आँखा