काठमाडौं, २० माघ । राजनीतिमा स्थायी सत्रु र स्थायी मित्र कहिल्यै हुँदैन्। नेपालको राजनीतिमा त अझ दलहरुबीचको खटपट र मिलन चाडो चाडो हुने गेरको छ। पछिल्लो ०७४ को चुनावयता विभिन्न विचार बोकेका दलहरुबीच आपसी मिलन र बिछोड धेरै भए।
कतिपय विचार समूह मिल्ने दलहरुबीच पार्टी एकिकरण भएरसमेत फुटे भने विचारसमूह नमिल्नेहरुको गठजोढ पनि बलियो बनेको देखियो। नेपाली राजनीतिमा बिचार मिल्ने र नमिल्ने बीचको मिलन भन्दा पनि सत्ताको भर्याङ चढ्न कहिले कोसँग मिल्दा फाइदा पुग्छ भन्ने अभ्यास गर्न दलहरुले राम्रोसँग जानेका छन्। दुई ठुला कम्यूनिष्ट पार्टी नेकपा मओवादी केन्द्र र नेकपा एमालेबीच गत चुनावदेखि भएको मिलनलाई नेताहरुले पार्टी एकीकरण सम्म पुर्याए। तर उनीहरुको पार्टी एकता लामो समय कायम रहेन। उनीहरुको एकता एजेण्डागत एकता भन्दा पनि देशमा कम्यूनिष्टले सत्ता कब्जा गर्ने र गैर कम्यूनिष्टलाई ५ वर्ष बाहिर राख्ने दाउ थियो ५ वर्षका लागि सत्ता कब्जाको पक्की निर्णय मानेर पार्टी एकता गरेका केपी र प्रचण्डले उक्त निर्णयलाई दुई वर्षभित्रमै कच्चा सावित गरे।
दुइपार्टी मिलेर बनेको नेकपाको त्यो चाहाना विचमै तुहियो। त्यो मिलन निकै नमज्जाले बिछोड भयो कि नेकपाको फुटसँगै एमाले र माओवादी केन्द्रमा समेत भुकम्प गयो। एमाले–माके अलग भइनसक्दै एमालेमा ठुलो बिग्रह आयो र अन्तमा एमाले नेता माधव नेपाल समूहले नेकपा एकीकृत समाजवादी पार्टी खोले। उता माओवादीका रामबहादुर थापा लगाएत दर्जन नेताहरु एमालेमै बसे। यसले एमाले र माओवादी पार्टी सन्तुलनमा खल्बल्यायो। संसद विगठनको लहडमा लागेका केपी ओली नेतृत्वको सरकार ढलेपछि ५ दलिय गठबन्धनको सरकार बन्यो।
मौज्दात सरकार यीनै ५ दलको छ। गठबन्धनका नाममा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको ६ महिना पुगेको छ। यो सरकारमा एकीकृत समाजवादी र माओवादी मिसिएको त ३ महिना मात्र पुगेको छ। यति छोटो अवधिमा नै दलहरुबीच निकै उतारचढाव आइसकेको समाचारहरु बाहिरिएका छन्। यो सरकारलाई स्थानीयत,प्रदेश र संघीय चुनाव त गराउनु छ नै त्यो भन्दा ठुलो भारी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) भएको छ। अहिले एमसीसीसँग गठबन्धनको भविश्य जोडेर हेर्न थालिएको छ। एमाले यही खुड्कीलोलाई टेकेर गठबन्धन फुटाउन चाहान्छ भने गठबन्धनभित्रै पनि एमसीसीका विषयमा दुइ ध्रुव देखिएको छ। ओली सरकारका पालामा संसदमा पेश भएको एमसीसी अहिले एमालेनै पर्ख र हेरको अवस्थामा छ।
एमसीसीका सम्बन्धाम गठबन्धनको निर्णय पर्खेर बसेको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले बताए। एमसीसीका विषयमा एकमत नदेखिएकै कारण गठबन्धन टुट्ने सम्भावना बढेको समाचारहरु बाहिरीदै गर्दा सत्तारूढ गठबन्धनका तीन शीर्ष नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल भएको छ। उनीहरुबीचको भेटमा अमेरिकासँगको मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी सम्झौता संघीय सांसदबाट पारित गरेर गठबन्धन टुट्न नदिने सहमति नजिक पुगेको नेताहरुले बताए। एमसीसीकै कारण गठबन्धन नटुट्ने नेपाली कांग्रेसका नेता एनपी साउदको भनाइ छ। उनले तेस्रो आँखासँग भने ‘एमसीसीका कारण गठबन्धनमा कुनै समस्या आउदैन्, सच्याउनुपर्ने कुराहरु के के हुन् ? गठबन्धनका नेताहरुले ल्याउनु पर्याे, त्यसमा छलफल गरौं पास गरौं ।’ यसअघि उनले थपे, ‘एमसीसी पास हुन्छ, गठबन्धन तोडिदैन।’
केही दिनदेखि गठबन्धनका शिर्ष नेताहरुबीच निरन्तर छलफल भैरहेको र आगामी चुनावसम्म गठबन्धन कायमै रहने नेताहरुले बताएका छन्। बुधबार साँझ तीन नेताबीच भएको बैठकमा नेकपा समाजवादीका अध्यक्ष माधव नेपालले केही परिमार्जन सहित एमसीसी पास गरेर अघि बढ्ने र चुनावमा पनि गठबन्धन एक ढिक्का भएर जानुपर्ने पनि प्रस्ताव अघिसारेको स्रोतले बताएको छ। प्रचण्डालाई पनि एमसीसी परियोजान पास गर्न सहमति जुटाउने नेताहरुको प्रयास जारीरहेको बताइएको छ। एमसीसीलाई लिएर एमाले अध्यक्ष केपी ओलीले गठबन्धन टुटाउन खोजेकाले ओलीको चाहना कुनै पनि हालतमा पूरा नदिने नेकपा एसको धारण छ। बुधबार मात्रै अध्यक्ष नेपालले पाँचदलीय गठबन्धन टुट्ने हल्ला सत्यता नभएको बताएका थिए।
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पनि अहिले नै गठबन्धन नतोडिने बताए। ५ दलका शिर्ष नेताहरु कोही पनि गठबन्धन तोडियोस भन्ने पक्षमा नदेखिएको परियारको भनाइ छ। एमसीसी पास गराउने विषयमा पार्टीभित्रबाटै प्रचण्डले सहयोग नपाएका समाचारहरुसमेत सार्वजनिक भएका छन्। एमसीसीको विषयमा सभामुख अग्नी सापकोटाले संसदमा टेबुल हुन नदिने सम्मका कुरा बाहिरीएपछि उनीमाथि नै अविश्वास प्रस्तावको तयारी समेत भएको थियो।
एमसीसी पास गर्दा ‘राष्ट्रवाद बलियो देखिने’ उपायका विकल्पबारे छलफल भैरहेको नेताहरुले बताएका छन्। एमसीसी पास गराउने र गठबन्धन कायमै राख्ने विषयमा विभिन्न कोणबाट छलफल भैरहेको नेताहरुले बताएका छन्। तर एमाले स्थानीय तहको चुनावअघिसम्म गठबन्धमा फुट ल्याउने योजनाकासाथ अघि बढेको छ। गठबन्धन दलभित्रका कतिपय नेताहरुले भने एमसीसी पास गराएपनि सधैका लागि गठबन्धन आवश्यक नरहेको बताउदै आएका छन्। ५ दलिय शिर्षस्त नेताहरु भने आगामी निर्वाचन सम्म गठबन्धनको गाँठो फुक्न नदिने कसरतमा रहेका छन्।
