• ट्रेण्डिङ्ग :
भौतिकमन्त्री रेणु यादवलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आयोगको आग्रह 

भौतिकमन्त्री रेणु यादवलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आयोगको आग्रह 


  • 6.9K
    SHARES
    • माघ २०, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    भौतिकमन्त्री रेणु यादवलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आयोगको आग्रह 

    काठमाडौं, २० माघ। राष्ट्रिय मानव अधिकार आयोगले भौतिक पूर्वाधार तथा यातायत मन्त्री रेणु यादवलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आग्रह गरेको छ। आयोगले यादवलाई बिहीबार कार्यालयमा बोलाएर उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आग्रह गरेको हो।

    images

    यादवले गत माघ ५ गते समाजवादी युवा संघले रौतहटको गौरमा आयोजना गरेको सभामा दिएको अभिव्यक्ति हिसां भडकाउने अभिव्यक्ति दिएकी थिइन्। उनले दिएको साे अभिव्यक्तिप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    सोही घटनाको विषयलाई लिएर आयोगले आज मन्त्री यादवलाई आयोगमा बोलाई साेधेकाे आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै जानकारी दिए।

    यस्तै, साेधपछ गर्ने क्रममा मन्त्री यादवले श्रद्धाञ्जली सभामा आफूले दिएको अभिव्यक्ति अनियन्त्रित र असन्तुलित हुन पुगे पनि कसैप्रति लक्षित र पूर्वाग्रही नरहेको, हिंसा तथा मुठभेड गर्ने आफ्नो मनसाय नरहेको र यस्ता अभिव्यक्ति आफूबाट भविष्यमा नदोहोरिने बताएकी छन् ।

    आयोगका अध्यक्ष तथा सदस्यहरुले राज्यको मन्त्री जस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले हिंसालाई बढावा दिने र सामाजिक सद्भावमा खलल पुर्याउने खालका उत्तेजनापूर्ण र अनियन्त्रित अभिव्यक्ति दिन नहुने, राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ र हिंसारहित बनाउनुपर्ने र भविष्यमा त्यस प्रकारका अभिव्यक्ति नदोहोर्याउन मन्त्री यादवलाई निर्देशन दिएका छन्। 

    press realse.jpgrenu yadav.jpg