• ट्रेण्डिङ्ग :
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन

बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन


  • 3.8K
    SHARES
    • बैशाख २४, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 5.8K Views

    बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन

    कलैया, २४ वैशाख / बारामा यसवर्ष दस हजार मेट्रिकटन दलहन उत्पादन भएका छ । 

    images

    कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले यसवर्ष किसानले विभिन्न प्रकारका दलहन खेतीगरी रु १० अर्ब बराबरको कूल १० हजार ३ सय ५ मेट्रिकटन दलहन उत्पादन गरेका जानकारी दिनुभयो । 

    उत्पादित दलहनको  प्रतिक्विन्टल  रु १० हजारको दरले बिक्रिवितरण भइरहेको र यसवर्ष यहाँका किसानले रु १० अर्ब ३० करोड ५० लाखभन्दा बढी आम्दानी गरेका उहाँले बताउनुभयो ।
     
    जिल्लमा मसुरो, रहर कुल ११ हजार ४ सय ५० हक्टरक्षेत्रफलमा खेती गरिएकामा   १० हजार ३ सय ५ मेट्रिकटन  उत्पादन भएको कृषिप्रचार अधिकृत रामजीवन ठाकुरले जानकारी दिनुभयो । गतवर्ष भने ११ हजार ६ सय ५० हेक्टर क्षेत्रफलमा खेती गरिएकामा ११ हजार ६९ मेट्रिकटन दलहन उत्पादन भएको ज्ञानकेन्द्रले जनाएको छ ।


    तेस्रो आँखा