श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ


  • 3.8K
    SHARES
    • बैशाख २४, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 5.8K Views

    श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

    बर्दघाट, २४ वैशाख / पश्चिम नवलपरासीमा श्रीमतीलाई हत्या गरी फरार रहेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । रामग्राम नगरपालिका-१६ सबुनीकी ललिता कँहारलाई उनका श्रीमान जोखन कँहारले गत वैशाख २१ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोग लागेको थियो । 

    images

    प्रहरीले कँहारलाई आज बिहान ८ः३० बजे पाल्हीनन्दन गाउँपालिका-६ पडरीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सुदर्शन पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार श्रीमानश्रीमतीबीच लामो समयदेखि विवाद हुँदै आएको थियो । आठ वर्षअगाडि विवाह भएका उनीहरुको दुई छोरा छन् । 

    भारतको महारजगञ्ज जिल्लास्थित नौतनवा माइत भएकी ललिताको श्रीमान्सँग छ महिना अघि विवाद भएपछि माइतमै बस्दै आएकी थिइन् । पछि उनका श्रीमान जोखनले सुध्रिने वाचा गरेपछि वैशाख २१ गते श्रीमतीलाई आफ्नै घरमा ल्याएका थिए । सोही दिन राति साढे १० बजे श्रीमतीलाई सुत्ने कोठामा धरिलो हतियार प्रयोग गरी हत्या गरेर फरार भएको आरोप छ  । 

    प्रहरीले अभियुक्त कँहारलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाएको छ ।


    तेस्रो आँखा