• ट्रेण्डिङ्ग :
एकीकृत समाजवादीद्वारा बजेट जनमुखी बनाउन माग

एकीकृत समाजवादीद्वारा बजेट जनमुखी बनाउन माग


  • 2.5K
    SHARES
    • बैशाख २४, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 3.8K Views

    एकीकृत समाजवादीद्वारा बजेट जनमुखी बनाउन माग

    काठमाडौँ, २४ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को संसदीय दलको बैठकले बजेटलाई जनमुखी बनाउन माग गरेको छ ।

    images

    पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले सङ्घीय संसद्को आगामी जनसरोकारका विषय सशक्त रूपमा उठाउने र सरकारको नीति तथा कार्यक्रममा रचनात्मक सुझाव दिने निर्णय गरेको हो । उक्त अधिवेशनमा कानुन निर्माण प्रक्रियामा पार्टीले सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको नेता एवं पार्टी प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिनुभयो ।

    प्रतिनिधिसभा र राष्ट्रियसभाका सम्पूर्ण सदस्यहरुको सहभागिता रहेको बैठकमा समसामयिक तथा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरिएको थियो । पार्टीको आन्तरिक एकतालाई थप बलियो बनाउने निर्णय गरेको बैठकले मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक विकासमा पार्टीले सशक्त भूमिका निर्वाह गर्ने निर्णय गरिएको छ । 


    तेस्रो आँखा