पशुपति क्षेत्रमा अबैध फूल/उपहार पसल र टहरा हटाइँदै

पशुपति क्षेत्रमा अबैध फूल/उपहार पसल र टहरा हटाइँदै


  • 8.9K
    SHARES
    • माघ २१, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 13.7K Views

    पशुपति क्षेत्रमा अबैध फूल/उपहार पसल र टहरा हटाइँदै

    काठमाडौं, २१ माघ। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर आसपासमा रहेका फूल, उपहार पसल र टहरा हटाउन १५ दिने अल्टिमेटम दिएको छ।

    images

    पशुपति क्षेत्रको सौन्दर्यतामा नकरात्मक असर पर्ने तथा भक्तजन, तिर्थयात्री, पर्यटक र पैदलयात्रीको आवागमनमा समेत अवरोध पुगेको भन्दै फूल/उपहार पसल र टहरा हटाउन निर्देशन दिइएको हो। 

    कोषका अनुसार मुख्यतः पशुपति क्षेत्रका मुल सडक, सहायक सडकहरुका पेटी, डबली र खुल्ला चौर, कैलाश डाँडा तथा मृगस्थली, गोरखनाथ क्षेत्र, वन गणेश, पञ्चदेवल वृदाश्रम, भकुन्डोल क्षेत्रका फूल उपहार पसल र टहरा हटाउनुपर्नेछ।

    १५ दिनभित्र अर्थात ३ फागुनभित्र खाली गर्न सूचना जारी गरेको कोषले सो समय भित्र खाली नगरेमा आफै हटाउने चेतावनी दिएको छ।


    तेस्रो आँखा