ओखलढुंगाको माथिल्लो भेगमा बाक्लाे हिमपात, जनजीवन कष्टकर

 ओखलढुंगाको माथिल्लो भेगमा बाक्लाे हिमपात, जनजीवन कष्टकर


  • 8.4K
    SHARES
    • माघ २१, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 13.0K Views

     ओखलढुंगाको माथिल्लो भेगमा बाक्लाे हिमपात, जनजीवन कष्टकर

    काठमाडौं, २१ माघ । ओखलढुंगाको माथिल्लो भेगका अधिकांश ठाउहरुमा केही हिजाेबाट बाक्लो हिमपात परेको छ। बिहिबार रातिदेखि परेको भारी हिमपातका कारण स्थानीयको जनजीवन कष्टकर बनेको छ।

    images

    बिहिबार रातिदेखिको वर्षा र हिमपातले बाक्लो हिउँ जमेपछि लेक क्षेत्रका नागरिकको दैनिकी कष्टकर बनेको स्थानीयले बताएका छन्। हिमपातका कारण दैनिक जनजिवन प्रभावित भएको सिद्धिचरण नगरपालिका ६ जन्तरखानीका स्थानीय मेखबहादुर मगरले बताए।  हिमपातका कारण घर बाहिर निस्कन सक्ने अवस्था नरहेको गाइ बस्तु स्याहार्न समस्या भएको उनको भनाइ छ ।

    273155185_996928064367606_7153788689536156090_n.jpg

    बाक्लो हिउ जमेकाले सडक समेत अवरुद्ध भएको उनले जनाकारी दिए। सडक अवरुद्ध भए पछि ओखलढुंगा सोलु आवतजावतमा पनि कठिनाई भएको छ। बिहिबारदेखि ओखलढुंगा–सोलु सडक खण्डमा यातायात सञ्चानल हुन सकेका छैनन्। अहिले पनि वर्ष भैरहेको छ। अत्याधिक चिसोका कारण घरबाट मानीसहरु बाहिर निस्केका छैनन्।

    जिल्लाको उच्च भेगमा गयरातिदेखि अत्याधिक हिमपात भएको स्थानीयले जानकारी दिए। पश्चिमी वायुको प्रभावले भएको बर्षा र चिसो बढेसँगै जिल्लाको उच्च भेगमा हिउँ परेको हो। जिल्लाको विगुटार, जन्तरखानी, पात्ले, रावादोलु, भुसिंगा, खिजिदेम्बा लगायत सोलुको सिमानामा पर्ने अधिकांश स्थानमा  हिमपातले जनजीवन कष्टकर बनेको स्थानीयहरु बताउँछन।

    जिल्लामा यो वर्ष भारी हिमपात भएको यो दोस्रो पटक हो। हिमपात भएपछि हिउ खेल्न जाने आन्तरिक पर्यटकको संख्या बढेको समेत बढेको छ। ओखलढुंगाका उच्च स्थानहरुसँगै सोलुखुम्बुका अधिकांश क्षेत्रहरु हिमपातमय भएका छन्।  हिमपातका कारण नागरिकको दैनिकीमा प्रभाव परेको छ।

    270790884_446935733825460_6591066798702234276_n.jpg

     


    तेस्रो आँखा