काठमाडौं । आज जनता समाजवादी पार्टी (जसपा), नेपालले काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ । जसपा नेपालले दिउँसो १२ बजे पत्रकार सम्मेलनको आयोजना गरेको जनाएको छ। पत्रकार सम्मेलन पार्टी केन्द्रीय कार्यालय, बालकुमारी ललितपुरका हुने छ ।
अशोक राई नेतृत्वमा पार्टी विभाजन भएपछि अध्यक्ष उपेन्द्र यादवले पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् । उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका अध्यक्ष यादव अमेरिकामा रहेका बेला पार्टी विभाजन भएको थियो । पार्टी विभाजनपछिको परिस्थिति र सरकारको सहभागिताबारे उनी छलफलमा जुटेका छन् । अशोक राइको नेतृत्वमा जसपा, नेपाल विभाजन भई गत सोमबार निर्वाचन आयोगमा दर्ता भएको छ ।
