भोलि मध्याह्नपछि मौसममा सुधार आउँछ : मौसमविद्

भोलि मध्याह्नपछि मौसममा सुधार आउँछ : मौसमविद्


  • 6.9K
    SHARES
    • माघ २१, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    भोलि मध्याह्नपछि मौसममा सुधार आउँछ : मौसमविद्

    काठमाडौं, २१ माघ । बिहीबार रातिदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ। यो क्रम रातभर रहने मौसमविद्को भनाइ छ।

    images

    जल तथा मौसम विज्ञान विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायु सक्रिय देखिएकोले अहिले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। उनका अनुसार दिउँसो जस्तै रातिको अवस्था हुने छ।

    उनका अनुसार भोलि दिउँसोबाट मौसममा केही सुधार हुने सम्भावना रहेको छ। 

    'भोलिबाट मौसममा केही सुधार हुने देखिएको छु उनले भनिन्, 'भोलि मध्याह्नपछि केही सुधार हुन्छ। बादल त लाग्छ, तर वर्षा हुँदैन।' 


     


    तेस्रो आँखा