काठमाडाैं,२२ माघ । नेपाली कांग्रेसको कार्यसम्पादन ससमितिको बैठक अनिश्चित देखिएको छ । शुक्रबार बस्ने भनीएको कार्यसम्पादन समितिको बैठक बस्ने सकेन ।
शुक्रबार बस्ने भनीएको बैठकमा पार्टीका भातृ संस्थाको महाधिवेशनका विषयले प्रवेश पाउने बताइएपनि समितिको बैठनै बस्न नसकेको एक नेताले बताए । उनले भने ‘हिजो बस्ने भनेको बैठक बस्न सकेन, सभापतिले कहिले बैठक बोलाउने निक्र्याेल नगर्दा बैठक अनिश्चित जस्तै भयो ।’ कांग्रेसले गत हप्ता ३७ सदस्य कार्यसम्पादन समिति बनाएको थियो ।
विधानअनुसार कार्यसम्पादन समितिमा अझै १० जान थप गर्न बाँकी रहेको नेताहरुले बताएका छन् । छोटो समयमा महत्वपूर्ण निर्णय गर्ने प्रयोजनका लागि बनाइएको कार्यसम्पादन समितिको बैठक नै कहिले बस्ने भन्ने निर्णय हुन नसकेकोमा समितिका सदस्यहरुनै असन्तुष्ट छन् । नेपाली कांग्रेस कार्यसम्पादन समितिको पहिलो बैठकनै बस्न सकेको छैन् ।
