रुखमा बाँधेर जलाएको अवस्थामा पुरुषको शव फेला

रुखमा बाँधेर जलाएको अवस्थामा पुरुषको शव फेला


  • 5.8K
    SHARES
    • बैशाख २८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 8.9K Views

    रुखमा बाँधेर जलाएको अवस्थामा पुरुषको शव फेला

    काभ्रे २८ वैशाख/ काभ्रेमा रुखमा बाँधेर जलाईएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ फेदी र जिरोकिलोको बीच भागमा पूर्णरुपमा जलेको अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

    images

    उनका अनुसार तारले रुखमा बाँधेर जलाइएको अवस्थामा शव फेला परेको छ । शवको पहिचान हुन सकेको छैन । शव कुनै पुरुषको रहेको र उमेर २५ वर्षभन्दा कम जस्तो देखिएको डिएसपी श्रेष्ठको भनाइ छ ।

    शवको प्रकृति हेर्दा घटना ५–६ दिन अघिको हुन सक्ने अनुमान छ । घटनास्थलमा कुकुर सहितको प्रहरीको अनुसन्धान टोली परिचालन गरिएको छ ।


    तेस्रो आँखा