• ट्रेण्डिङ्ग :
कर्णाली कोरिडोरमा १६ वटा पक्की पुल निर्माण

कर्णाली कोरिडोरमा १६ वटा पक्की पुल निर्माण


  • 2.4K
    SHARES
    • बैशाख २८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 3.7K Views

    कर्णाली कोरिडोरमा १६ वटा पक्की पुल निर्माण

    कालीकोट, २८ वैशाख/ कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–८ खुलालुबाट हुम्लाको सलिसल्लासम्म १६ वटा पक्की पुल निर्माण भएका छन् । गत वैशाखदेखि हालसम्म कर्णाली करिडोरअन्तर्गत उक्त खण्डमा १६ वटा पक्की पुल निर्माण भएका हुन् । 

    images

    आठदेखि दश महिनाको अवधिमा करिडोरअन्तर्गत कालीकोटको खुलालुबाट हुम्लाको सलिसल्लासम्म १२३ किलोमिटरमा १६ पक्की पुल निर्माण सम्पन्न भएका खुलालु सलिसल्ला सडक आयोजना कार्यालयले जनाएको छ । 

    उक्त खण्डमा साना तथा ठूला खोलामा गरी १६ वटा पक्की पुल निर्माण भएको खुलालु आयोजनाका प्रमुख वीरेन्द्र चन्दले बताउनुभयो । “गत वैशाखदेखि निर्माण सुरु भएको थियो”, उहाँले भन्नुभयो, “सबै पुल निर्माण गत कात्तिकमा सम्पन्न भए पनि बाँकी काम भने चैतमा सम्पन्न भएका छन् ।”

    सलिसल्लासम्म राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै निर्माण सामग्री जुटाउन सहज भएकाले चाँडो काम सम्पन्न भएको प्रमुख चन्दले जानकारी दिनुभयो । “निर्माण सम्पन्न भएका पुल खुलालुबाट बाजुराको कवाडीसम्म आठवटा छन्”, उहाँले भन्नुभयो, “बाजुराको कवाडीबाट हुम्लाको सलीसल्लासम्म आठवटा छन् ।” 

    सबै पुल छ मिटर चौडाइ र आठ मिटर लम्बाइका रहेका आयोजनाका प्रमुख चन्दले बताउनुभयो । “यी सबै पुल निर्माणका लागि भ्याटसहित कार्यालयले रु नौ करोड लागतमा बनाएको हो”, उहाँ भन्नुभयो, “पुल निर्माणसँगै बर्खायाममा बाढी पहिरो तथा खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध हुने अवस्थाको अन्त्य भएको छ ।”


    तेस्रो आँखा