काठमाडौँ, कात्तिक २४ ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौती दिएका छन् । अहिलेको शासन ब्यवस्था बिपरित नबोल्न भन्दै देउवाले शक्ति भए चुनाव लडेर शासन गर्न चुनौति दिएका हुन् । गणेशमान स्मृति प्रतिष्ठानले शान्ति बाटिकामा गरेको कार्यक्रममा बोल्दै देउवाले प्रजातन्त्रको बिरुद्धमा नबोल्न पूर्व राजा ज्ञानेन्द्रलाई चुनौती दिए । ‘प्रजातन्त्रका बिरुद्ध धेरै नबोल्नुस्,’ देउवाले भने ‘दम भए चुनाव लडेर शासन चलाए भैगो नि ।’ प्रजातन्त्र बाहेक सबै कुरा सुम्पिने बताउँदा पूर्व राजाले आँफूलाई जेल हालेको स्मरण गर्दै देउवाले चने ‘शासन व्यवस्था बिरुद्ध कोहि नलागेकै राम्रो ।’
