हावाहुरी र हिमपात प्रभावितलाई राहत दिन गृहमन्त्रीको निर्देशन

हावाहुरी र हिमपात प्रभावितलाई राहत दिन गृहमन्त्रीको निर्देशन


  • 9.4K
    SHARES
    • माघ २२, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 14.5K Views

    हावाहुरी र हिमपात प्रभावितलाई राहत दिन गृहमन्त्रीको निर्देशन

    काठमाडौं, २२ माघ । गृहमन्त्री बालकृष्ण खाँणले हावाहुरी र हिमपात प्रभावितलाई राहत दिन निर्देशन दिएका छन् । 

    images

    खाँणले तराईमा हावाहुरीका कारण मृत्यु भएका तीन जनाका परिवार र उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातका कारण प्रभावित नागरिकको उचित व्यवस्थापन तथा राहत उपलब्ध गराउन निर्देशन दिएका छन् ।  

    गृहमन्त्री खाँणले मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइराला तथा तराइका दुई, हिमाली क्षेत्रका आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीलाई हिमपात तथा हावाहुरीका कारण समस्यामा परेकालाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका हुन् ।  

    शुक्रबार दिउँसो धनुषाको सवैला नगरपालिका १२ मा रुखकोे हाँगा भाँचिदा महेन्द्र सदाकी ८ वर्षीय छोरी प्रतिमाकुमारी र चन्द्रशेखर सदाका ७ वर्षीय छोरा अरविन्दको मृत्यु भएको थियो । त्यस्तै शुक्रबारै रौतहटको बुधिमाई नगरपालिका १ मा कच्ची घर ढलेर भित्ताले च्याप्दा राममंगल रायकी श्रीमती ४५ वर्षीया फुलमतियादेवीको मृत्यु भएको थियो । 

    गृहमन्त्री खाँणले महाशाखा प्रमुख कोइरालालाई शनिबारको दिन भए पनि हिमाली जिल्लाको हिमपात र तराइमा हावाहुरी र शितलहरबाट प्रभावितलाई राहत र अन्य आवश्यकीय कार्यका लागि सतर्क रहन निर्देशन दिए ।