मुख्य सचिव अर्यालको टोली छिन्नमस्तामा

मुख्य सचिव अर्यालको टोली छिन्नमस्तामा


  • 3.8K
    SHARES
    • बैशाख २९, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 5.9K Views

    मुख्य सचिव अर्यालको टोली छिन्नमस्तामा

    काठमाडौँ, २९ वैशाखः नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्यालसहितको टोलीले राजविराजस्थित छिन्नमस्ता गाउँपालिकाको भ्रमण गर्नुभएको छ । आज छिन्नमस्ता आउनुभएका उहाँले सखडा भगवतीको दर्शनसँगै पालिका जनप्रतिनिधिसँग छलफल गर्नुभएको छ ।

    images

    छलफलका क्रममा अर्यालले पालिकाको सर्वाङ्गीण विकासका निमित्त आफूहरू हरेक क्षण तयार रहेको प्रतिबद्धता जनाएको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिनुभयो । पालिकाको गौरवको आयोजना सञ्चालन गर्न उहाँहरू सहयोग गर्ने प्रतिबद्ध रहेको अध्यक्ष चौधरीले बताउनुभयो ।

    टोलीमा मुख्य सचिव अर्यालसहित, प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद शर्मा, अर्थ मन्त्रालय बजेट माहाशाखाका उपप्रमुख उत्तरकुमार खत्री, आन्तरिक राजस्व कार्यालय इटहरीका प्रमुख खेमराज ओझासहितका व्यक्तिहरू रहनुभएको थियो ।


    तेस्रो आँखा