एक भारतीय महिला पक्राउ

एक भारतीय महिला पक्राउ


  • 3.4K
    SHARES
    • बैशाख २९, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 5.3K Views

    एक भारतीय महिला पक्राउ

    बनियानी (झापा), २९ वैशाख । झापाको भद्रपुर–८ स्थित चन्द्रगढी विमानस्थलबाट चाँदी र भारतीय रुपैयाँसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तराखण्ड राज्य देहरादुनस्थित तिब्बतीयन कोलोनीकी ३१ वर्षीया तेन्जिन पलडा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

    images

    चाँदी लिएर चन्द्रगढी झापाबाट काठमाडौँ जाँदै गरेको भन्ने सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बेलुका ६ः३० बजे विमानस्थल कार्यालय परिसरबाट ती महिलालाई पक्राउ गरिएको उहाँले बताउनुभयो । कालो झोलामा र सुटकेस बोकेकी उनलाई जाँचका क्रममा सुटकेसभित्र कालो प्लाष्टिकको झोलामा चाँदीजस्तो देखिने दुईवटा सेतो धातुको (दुई केजी पाँच ग्राम) र कालो रङको पर्सभित्र भारु पाँच सय दरका ५७ थान नोट, आइफोन १२ प्रो म्याक्स एक थान, दुई थान नेपाली सिमकार्ड र एक थान भारतीय कम्पनीको सिमकार्ड फेला परेको थियो । उनलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाई र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 


    तेस्रो आँखा