कपुरकोट गापाद्वारा दलको सदस्यता त्याग्न शिक्षक र कर्मचारीलाई निर्देशन

कपुरकोट गापाद्वारा दलको सदस्यता त्याग्न शिक्षक र कर्मचारीलाई निर्देशन


  • 3.1K
    SHARES
    • बैशाख ३०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.7K Views

    कपुरकोट गापाद्वारा दलको सदस्यता त्याग्न शिक्षक र कर्मचारीलाई निर्देशन

    सल्यान, ३० वैशाख/ सल्यानको कपुरकोट गाउँपालिकाले शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको छ । गाउँपालिकाको शिक्षा शाखाले सार्वजनिक सूचना निकालेर सामुदायिक तथा निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई १५ दिनभित्र राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको हो ।

    images

    कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार ओलीले  शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता त्याग्न आव्हान गरिएको बताउनुभयो । उहाँका अनुसार १५ दिनभित्र सदस्यता त्यागेको स्वघोषणा नगरे राजनीतिक दलको सदस्यता लिएको प्रमाण भेटिए कानुन बमोजिम कारबाही हुने गरिने छ ।

    गाउँपालिकाको गत वैशाख २४ गते बसको शिक्षा समितिको बैठकले शिक्षा तथा सेवा प्रवाहलाई मर्यादित बनाउन शिक्षक तथा कर्मचारीले १५ दिनभित्र राजनीतिक दलको सदस्यता त्यागेको घोषणा गर्नुपर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार १५ दिन भित्र सदस्यता त्याग नगरे र कसैले प्रमाण सहित उजुरी गरे कारबाही गरिने छ । 

    यसअघि शिक्षा मन्त्रालयले शिक्षकले कुनै पनि दलको सदस्यता लिन नपाउने कानुन कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गर्दै सबै शिक्षकलाई दलको सदस्यता लिएको भए त्याग्न निर्देशन दिएको छ । 


    तेस्रो आँखा