काठमाडौं, २२ माघ । कञ्चनपुरमा दुई व्यक्तिले एक घर परिवारका सबै सदस्यहरुलाई बेहोस बनाएर लुटपाट गरेका छन् । भिमदत्त नगरपालिका ३ का सन्तोष पाण्डेका परिवारका सबै सदस्यहरुलाई बेहोस बनाएर दुई भारतीय नागरिकले शुक्रबार राती लुटपाट गरेको प्रहरीले जनाएको छ ।
उनीहरु दुई दिन अघि मात्रै पाण्डेको घरमा कोठा भाडामा बस्न आएको थिए । श्रीमतीको जन्मदिन परेको भन्दै उनीहरुले मिठाइ र केक खुवाएका थिए । प्रहरीका अनुसार उक्त मिठाइ र केकमा नसालु पदार्थ मिसाएर खुवाएको देखिन्छ ।
