• ट्रेण्डिङ्ग :
मधेशमा कस्ले गर्ला नेतृत्व ? एमाले वा माओवादी ?

मधेशमा कस्ले गर्ला नेतृत्व ? एमाले वा माओवादी ?


  • 4.5K
    SHARES
    • बैशाख ३१, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 6.9K Views

    मधेशमा कस्ले गर्ला नेतृत्व ?  एमाले वा माओवादी ?

    काठमाण्डौं । मधेस प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमाले हो। तर राजनीतिको अङ्गगणित जस्तो भएपनि पछिल्लो समय मधेशमा जनता समाजवादी पार्टी नेपालको नेतृत्वमा सरकार चलेको थियो। जसपा नेपालले आइतबार केन्द्रको राजनीतिबाट बाहिरिने र बाहिरियसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ। केन्द्रमा जसपाले गरेको यो निर्णयको पराकम्प मधेश प्रदेशमा पर्ने निश्चितै छ। त्यसो भएपछि यतिबेला मधेस प्रदेशमा कसको नेतृत्वमा सरकार बन्छ भन्ने जनचासो चलिरहेको छ । ठूलो दल भएकै कारण एमालेको सरकार बन्ने धेरैको अड्कल छ। यता नेकपा एमाले मधेश प्रदेशसभाका संसदीय दलका नेता सरोजकुमार यादवले मधेश प्रदेश सरकार एमाले नेतृत्वमा बनाउने सम्भावना रहेको बताएका छन् ।

    images

    आइतबार मधेश प्रदेश सरकारलाई दिएको विश्वासको मत फिर्ता लिँदै सरकारबाट बाहिरिएसँगै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता यादवले एमाले प्रदेशसभाको सबैभन्दा ठूलो दल भएकाले एमाले नेतृत्वको सरकार बनाउने सम्भावना रहेको बताए ।

    उनले आफूहरूले दुईपटक अरुलाई मुख्यमन्त्री बनाएको भन्दै तेस्रोपटक भने आफूहरूकै नेतृत्वमा सरकार बन्न सक्ने उल्लेख गरे । उनले सरकार गठनका लागि अन्य राजनीतिक दलहरूसँग परामर्श गर्ने बताए । आफूहरूले बहुमत सिद्ध गर्न नसके वर्तमान सरकारकै निरन्तरता हुने उनको भनाइ छ । केन्द्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार छ। त्यसकारण मधेश प्रदेशमा माओवादीले सरकारको नेतृत्व गर्ने दाबी गर्न सक्ने सम्भावना न्यून देखिएको छ।

    नेता सरोजकुमार यादवले संघीय गठबन्धनबाट जनता समाजवादी पार्टी, नेपाल बाहिरिने संकेत गरेपछि आफूहरूले प्रदेश सरकारमा जसपा, नेपाललाई समर्थन दिइराख्न उचित नठानेको बताए । उनले प्रदेश सरकार पनि संघीय गठबन्धन अनुरुपको बनाउने बताए। यसर्थ मधेशमा सरकारको नेतृत्व एमालेले गर्न सक्ने सम्भावना प्रबल देखिएको छ। 


    तेस्रो आँखा