प्रजातन्त्र दिवसको दिन नयाँ पार्टी खोल्ने तयारीमा कमल थापा 

प्रजातन्त्र दिवसको दिन नयाँ पार्टी खोल्ने तयारीमा कमल थापा 


  • 15.9K
    SHARES
    • माघ २३, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 24.4K Views

    प्रजातन्त्र दिवसको दिन नयाँ पार्टी खोल्ने तयारीमा कमल थापा 

    काठमाडौं, २३ माघ । गत मंसिरमा चार दिन लगाएर भव्यताका साथ एकता महाधिवेशन सम्पन्न गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी अन्ततः फुट नजिक पुगेको छ। पार्टी अधिवेशनमा निर्मल निवासको हस्तक्षेप भएको भन्दै आएका पूर्व अध्यक्ष कमल थापाले आगामी फागुन ७ गते प्रजातन्त्र दिवसको दिन नयाँ पार्टी खोल्ने तयारीसमा लागेको श्रोतले बतायो।

    images

    नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्व अध्यक्ष कमल थापाबीच अधिवेशनयता बोलचालसमेत नभएको एक केन्द्रीय सदस्यले बताए। कमल थापाले लिङ्देनलाई ध्यानाकर्षण गराउँदै लेखेको पत्रका विषयमा नेतृत्वले बेवास्था गरेको र थापालाई छलफलमै नबोलाएकाले पार्टी फुट नजिक पुगेको उनले तेस्रो आँखालाई बताए।  

    पार्टीभित्र निर्मल निवासको ठाडो हस्तक्षेप भएको भन्दै सामाजिक सञ्जालमार्फत चर्चामा आएका थापाले निर्मल निवासबाट भएको हस्तक्षेपको छानबिन गर्न माग गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेका थिए।  

    थापाले पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको हस्तक्षेपसम्बन्धी एथेष्ट प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गरेका छन्। निर्मल निवासबाट राप्रपामा विगतदेखि नै हस्तक्षेप हुँदै आएकोसमेत थापाको जिकिर छ।

    महाधिवेशन पश्चात अध्यक्षलाई लेखेको पत्रमा थापाले २०७४ सालमा पार्टी फुटाउन र विगत केही समययता भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाकाबारेमा भ्रम सिर्जना गर्ने/गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको थापाको आरोप छ। राप्रपालाई राजाको ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजना सफल हुन नदिने समेत बताउँदै आएका थापा अन्ततः पार्टी विभाजन नजिक पुगेको विश्वस्त श्रोतले बतायो।

    पार्टी अध्यक्ष लिङ्देनले कार्यसमिति तथा पदाधिकारी मनोनयन गर्दा समेत थापालाई बेवास्ता गरेर अघि बढेको, थापका एजेण्डाका बारेमा छलफल नगराएको लगायतका कारण पार्टी फुट नजिक पुगेको केन्द्रीय सदस्य जमुना थापाले बताइन्। उनका अनुसार अध्यक्ष लिङ्देनले फागुन ७ गते अघि सम्म कमल थापालाई बोलाएर वार्ता नगरे पार्टी फुट्ने निश्चित छ।

    कमल थापाले प्रतिस्पर्धामा भाग लिएर हारेपछि पार्टी फुटाउन आनेक वखेडा निकालेको एक महामन्त्रीले बताए। उनले भने, ‘कमल थापाले पार्टीभित्र प्रतिस्पर्धा गर्नुभएको हो, आन्तरिक प्रतिस्पर्धामा हारेपछि विभिन्न बहाना निकालेर पार्टी फुटाउने योजनामा लागेका बुझिएको छ।’ एकता महाधिवेशनको समयमा  कार्यकर्ताहरुले कहिले सम्म एकता महाधिवेशन भनिरहने ? भन्ने प्रश्नको जवाफ दिदै कमल थापा, पशुपति समशेर राण र डा. प्रकाशचन्द्र लोहनीले एकसाथ यो एकता महाधिवेशन पछि कहिल्यै एकता महाधिवेशन गर्न नपर्नेगरी पार्टी मिलेको बताएका थिए ।