जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ

जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ


  • 5.3K
    SHARES
    • बैशाख ३१, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 8.2K Views

    जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ

    धनुषा, ३१ वैशाख/जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ  ।

    images

    गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनामा सहकारी कर्मचारीलाई पेस्तोल देखाएर रु ८० लाख लुटेको घटनामा संलग्न रहेको आरोपमा जनक महतो र श्रवण कापरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । 

    प्रमुख तिवारीका अनुसार उनीहरूको साथबाट रु १४ लाख ५३ हजार नगद बरामद गरिएको छ । धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई मोटरसाइकलमा आएका केही हतियारधारीले लुटेका थिए ।


    तेस्रो आँखा