पार्टीभित्र कोही पनि असन्तुष्ट छैनन् -लिङदेन

पार्टीभित्र कोही पनि असन्तुष्ट छैनन् -लिङदेन


  • 7.1K
    SHARES
    • माघ २३, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    पार्टीभित्र कोही पनि असन्तुष्ट छैनन् -लिङदेन

    काठमाडाैं,२३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कोही पनि असन्तुष्ट नरहेको बताएका छन् ।  आज पार्टीको केन्द्रीय कार्यालयमा आफूले पार्टीको विधानअनुसार मनोनयन गरेका पदाधिकारीहरूलाई स्वागत गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष लिङ्देनले पार्टीभित्र कुनै पनि सदस्य असन्तुष्ट नरहेको बताएका हुन्  ।

    images

    निवर्तमान अध्यक्ष कमल थापाले उठाएको विषयमा छलफल भइरहेको भन्दै उनले त्यो विषयलाई निकट भविष्यमै टुङ्गोमा पु¥याउने बताए ।  पार्टीमा आन्तरिक समस्या  नभएको र कार्यकर्ता रतथा शुभेच्छुकहरूलाई   चाँडै सकारात्मक सन्देश प्रवाह गरिने उनको भनाइ छ । 

    अध्यक्ष लिङ्देनले भने , ‘अहिले कोही पनि सदस्य साथीहरू राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र असन्तुष्ट हुने अथवा असन्तुष्ट रहनुभएको अवस्था छैन । निवर्तमान अध्यक्षजीसँग केही विषयहरू छन्, त्यस विषयमा हामी छलफलमा छौँ र त्यो विषयमा पनि हामी निकट भविष्यमै टुङ्गोमा पुग्छौँ ।’

    257302949_675000666841304_5914820236512348700_n.jpg

    अध्यक्ष लिङ्देनले मनोनित गरिएका पदाधिकारीहरूलाई पार्टी कार्यालयमा आज स्वागत गरेका हुन्  । मनोनित २४ पदाधिकारीमध्ये केही पदाधिकारी भने उपत्यकाबाहिर भएकाले उनीहरले पछि पत्र बुझ्ने पनि अध्यक्ष लिङ्देनले जानकारी दिए । उनले यसो भनीरहदा निवर्तमान अध्यक्षा कमल थापा तिब्र असन्तुष्टिका साथ अयाँ पार्टी खोल्ने तयारीमा लागेको नेताहरूले बताएका छन् । 

  • सम्बन्धित विषय:

  • # राजेन्द्र लिङ्देन

  • तेस्रो आँखा
    लेखकबाट थप