एमसीसीलाई देउवा र प्रचण्डको पत्र गठबन्धनमाथिकाे ‘धावा’

एमसीसीलाई देउवा र प्रचण्डको पत्र गठबन्धनमाथिकाे ‘धावा’


  • 8.9K
    SHARES
    • माघ २३, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 13.7K Views

    एमसीसीलाई देउवा  र प्रचण्डको पत्र गठबन्धनमाथिकाे ‘धावा’

    काठमाडाैं, २३ माघ। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई गोप्य रुपमा पत्र लेखेपछि नेपालको राजनीतिमा थप तरंग पैदा गरेको छ। दुई नेताले मात्रै गोप्य रुपमा लेखेको पत्रले ५ दलीय गठबन्धन भित्रको ‘सहकार्य’ बिथोलिने संकेत देखा परेको छ।

    images

    माओवादीका प्रमुख सचेतक देव गुरुङले देउवा र प्रचण्डको पत्रले गठबन्धनको मर्म माथि प्रहार गरेको बताउँछन्। ‘एमसीसीका बारेमा गठबन्धनले साझा धारणा बनाएर अगाडी बढ्ने सहमती भएको हो,’ गुरुङले भने ‘तर दुई पार्टीका अध्यक्षले मात्रै धारणा बनाएर पत्राचार गरेपछि गठबन्धनको मर्म माथि प्रहार गर्छ कि गर्दैन? यो गम्भिर प्रश्न हो।’

    उनले प्रधानमन्त्री र माओवादी अध्यक्षले एमसीसीलाई पत्राचार गर्दा प्रोटोकलमाथिसमेत प्रश्न उब्जिएको बताउँछन्। ‘सहसचिव स्तरका प्रतिनिधिहरुलाई प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री जस्तो व्यक्तिले पत्रचार गर्नु प्रोटोकल मिल्यो कि मिलेन?’ उनले भने ‘यस्तो कुरामा ध्यान पुग्नु पर्ने थियो, यो मामुली देखिएन।’

    एमसीसीका विषयमा माओवादीले सरकार छोड्न सक्ने हल्लाका विषयमा गुरुङले एमसीसी जस्ताको तस्तै पास गर्नका लागि टेबल गरिएको खण्डमा माओवादीले गठबन्धन सँगै सरकार छाड्ने बताए। ‘एमसीसी जस्ताको तस्तै टेबल भयो भने माओवादी गठबन्धनमा रहन्न, अनि सरकारबाट पनि बाहिरिन्छ,’ उनले भने ‘यो माओवादीको स्पष्ट धारणा हो।’ यो विषयमा प्रधानमन्त्री देउवालाई माओवादीले स्पष्ट पारिसकेको तर पछि प्रधानमन्त्रीले सहमति कायम गर्ने भनेपछि सहमतिको प्रयासको थालनी भएको बताए।

    यो पत्रका विषयमा माओवादी भित्र छलफल समेत भएको गुरुङले जानकारी दिए। ‘हामीहरुले त्यो बेला पनि पत्र पठाउँदाको प्रोटोकल,गठबन्धनको मर्मअनुसार किन भएन ? भन्ने विषयमा छलफल गरेका हौँ,’ गुरुङले भने ‘यसरी दुई नेताले मात्रै निर्णय लिनु राम्रो भएन भन्ने हाम्रो छलफलको निष्कर्ष हो।’

    यसैगरी माओवादी नेता नारायणकाजी श्रेष्ठले पनि ट्वीट गर्दै प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालको पत्राचारका विषयमा माओवादीको दृष्टिकोण र अडानमा कुनै व्यवधान खडा नगरेको बताएका छन्। उनले पार्टी पुरानै अडानमा दृढ रहेको भन्दै यथास्थितीमा एमसीसी स्वीकार नहुने उल्लेख गरेका छन्। ‘प्रम देउवा र अध्यक्ष प्रचण्डले एमसीसी अमेरिकालाई पठाईएको भनि सार्वजनिक गरिएको पत्रका कारण बाट एमसीसी कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै भ्रममा नगर्न आम पार्टी पंक्ती र सबैमा अनुरोध छ,’ श्रेष्ठले लेखका छन् ‘पार्टी दृढ छ, यथास्थितीमा यो समझौता स्वीकार गरिने छैन।’

    नेकपा एकीकृत समाजवादीले पनि देउवा र दाहालको पत्राचारलाई राजनीतिक बेइमानी गरिएको बताउँछ। समाजवादीका नेता तथा प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले गठबन्धनको साझा धारणा बनाएर अघि बढ्ने भन्ने सम्झौता विपरित दुई पार्टीका प्रमुखले मात्रै निर्णय गर्नु राजनीति बेइमानी भएको टिप्पणी गरे। ‘यो राजनीतिक बेईमानी हो, अझ माओवादी अध्यक्षले बाहिर एउटा कुरा गर्ने र भित्री रुपमा अर्कै खेल खेल्नु झन बेठिक कुरा हो,’ चौधरीले भने ‘गठबन्धनमा रहेका अरु दलहरुलाई थाहै नदिएर सहमती गर्ने कुरा बेठिक छ।’

    यसैगरि गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चाले पनि एमसीसीलाई जस्ताको तस्तै टेबल गरिए राजमो खिलाफमा रहने जनाएको छ। राजमोका उपाध्यक्ष दुर्गा पौडेलले भनिन् ‘त्यो अवस्थामा हामीहरुविरुद्ध हुन्छौँ, सरकार अनि गठबन्धनप्रति हाम्रो समर्थन हुने छैन।’

  • सम्बन्धित विषय:

  • # एमसीसी सम्झौता
  • # गठबन्धन

  • तेस्रो आँखा