• ट्रेण्डिङ्ग :
बूढीतोला सडकखण्ड भासिएको १० महिनापछि मर्मत गरिँदै

बूढीतोला सडकखण्ड भासिएको १० महिनापछि मर्मत गरिँदै


  • 4.4K
    SHARES
    • जेठ २, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 6.8K Views

    बूढीतोला सडकखण्ड भासिएको १० महिनापछि मर्मत गरिँदै

    कैलाली, २ जेठ/ कैलालीको गोदावरी नगरपालिका–४ स्थित भीमदत्त राजमार्गअन्तर्गत बूढीतोला सडकखण्ड भासिएको १० महिनापछि मर्मत गरिने भएको छ ।

    images

    सडक डिभिजन कार्यालय कञ्चनपुरका इञ्जिनीयर तारानाथ सिग्देलले सडकखण्ड मर्मतका लागि जीएसआई हटैराज जेभी निर्माण कम्पनीसँग छ करोडमा ठेक्का सम्झौता भएको जानकारी दिनुभयो । गत साउन २३ गते पहिरो गएपछि सडक झण्डै चार सय मिटर भासिएको थियो । 

    सम्झौताअनुसार सडकमाथिको भाग कटान गर्ने र तलबाट आधुनिक पर्खाल निमार्णका साथै पानी निकास हुनेगरी निर्माण गरिने इन्जिनीयर सिग्देल बताउनुभयो । 

    हाल भासिएको सो सडक सञ्चालनका लागि अस्थायीरूपमा मर्मत गरिए पनि सवारीसाधन सञ्चालनमा समस्या भइरहेको छ । राजमार्गको भ्यागुतेपानी, बूढीतोलालगायतका क्षेत्रमा वर्षातका बेला पटक–पटक पहिरो जाने गरेका कारण सुदूरपश्चिमका सात पहाडी जिल्लामा हरेक वर्ष समस्या हुने गरेको छ । 

    सोही सडकखण्डको भ्यागुतेपानीमा एक सय ५० मिटर सडक कालोपत्रका लागि ४० लाखमा ठेक्का सम्झौता भइसकेको छ । 


    तेस्रो आँखा