काठमाडौं, २३ माघ। कानुनमन्त्री दिलेन्द्र प्रसाद बडूले संसद बैठकमा एमसीसी टेबुल गर्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका छन्।
बानेश्वस्थित संसद सचिवालयमा भेट गर्दै कानुनमन्त्री सापकोटाले एमसीसीको विषय संसदमा टेबुल गर्नुपर्ने बताएका हुन्। यसका सथै उनीहरूबीच संसद सुचारु गर्ने विषयमा समेत छलफल भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।
आगामी माघ २६ गते बस्ने बैठकमा एमसीसी टेबुल गर्न कानुनमन्त्री बडूले सभामुख सापकोटासँग प्रस्ताव गरेका थिए। तर, सभामुखले यतिबेला उक्त विषयमा छलफलको वातावरण नभएको प्रतिक्रिया दिएको बताइएको छ।
एमसीसी मुख्यालयले नेपाल सरकारलाई फेब्रुअरी २८ भित्र एमसीसी पास गर्न समयसीमा दिएको छ। उक्त समयावधिसँगै नेताहरूले यस विषयमा छलफल तथा परामर्श बढाएका छन्।
