काठमाडाैं,२४ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । देउवाले सोमबार दिउँसो तीन बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा हुने सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले मन्त्रीले जानकारी दिए । कार्कीका अनुसार निर्वाचन आयोगले २०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव र परामर्श गरेपछि आज बस्ने मन्त्रिपरिषद् बैठकले चुनावको औपचारिक घोषणा गर्नेछ । तीन दलको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराएका थिए ।
