• ट्रेण्डिङ्ग :
जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम

जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम


  • 2.5K
    SHARES
    • जेठ ६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 3.8K Views

    जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम

    मकवानपुर, ६ जेठ/वागमती प्रदेश सरकारले यही जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । सभामुख भुवनकुमार पाठकले आज  कुरा गर्दै उक्त जानकारी दिनुभएको हो । 

    images

    बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न दलहरूको सहमति रहेको उहाँले बताउनुभयो । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुनेछ ।

    सभामुख पाठकले आजको प्रदेशसभा बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को विनियोजित बजेटका सैद्धान्तिक पक्ष र योजनाको प्राथमिकताका विषयमा छलफल हुने जानकारी दिनुभयो । बजेटको सैद्धान्तिक पक्षमा भोलि पनि छलफल हुनेछ ।


    तेस्रो आँखा