कमल थापाको छुट्टै भेला, पार्टी फुटको संघारमा

कमल थापाको छुट्टै भेला, पार्टी फुटको संघारमा


  • 7.9K
    SHARES
    • माघ २४, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    कमल थापाको छुट्टै भेला, पार्टी फुटको संघारमा

    काठमाडौं, २४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापा समूहको छुट्टै भेला बसेको छ। आज (सोमबार) नवदुर्गा पार्टी प्यालेस धुम्बाराहीमा थापाले भेलाको आयोजना गरेका हुन्। पार्टीभित्र आफ्नो मागको विषयमा सुनुवाइ नभएको विषयमा छलफलको आयोजना गरिएको र त्यहीअनुुसार थापाले ब्रिफिङ गरेका नेताहरुले बताएका छन्।  

    images

    पार्टी महाधिवेशनमा निर्मल निवासबाट भएको हस्तक्षेपको समिक्षा गर्नुपर्ने, पार्टी नेतृत्वले सबैलाई मिलाएर जाने वातावरण बनाउनुपर्ने लगायतका माग सहितको पत्र पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई लेखेका थापाले आफ्नो समूहको छुट्टै भेला बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। पार्टीभित्र आफ्नो मागको सुनुवाइ नभएर पार्टीमा रहन नसक्ने अभिव्यक्तिसमेत दिदै आएका थापाले आगामी फागुन ७ गते नयाँ पार्टी खोल्ने तयारीमा लागेको राप्रका नेताहरुले बताएका छन्। 

    पार्टी महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप भएको भन्दै आएका पूर्व अध्यक्ष कमल थापाले अध्यक्ष लिङदेनलाई लेखेको पत्रका विषयमा आन्तरिक छलफल गर्नका लागि भेलाको आयोजना गरिएको कमल थापा समूहका नेता एवं राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले बताए। अहिले के गर्ने भन्ने विषयमा छलफल भएको उनको भनाइ छ। तामाङले तेस्रो आँखासँग भने, ‘अहिले नै नयाँ पार्टी खोल्ने भन्ने विषय भन्दा पनि चिठ्ठीका विषयमा कसरी अघि बढ्ने भन्ने एजेण्डामा छलफल भएको हो, के गर्ने भन्ने निष्कर्षमा पुगेका छैनौं।’

    भेलामा काठमाडौंमा उपलब्ध थापा समूहका सबै नेताहरुको उपस्थिति रहेको केन्द्रीय सदस्य जमुना थापाले बताइन्। अध्यक्षले थापाको कुरा नसुनी आफ्नो तरिकाले अघि बढीरहेको खण्डमा पार्टीलाई दुर्घटनाबाट रोक्न नसकनिे परिस्थति निर्माण हुँदै गएको उनले बताइन्।  नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्व अध्यक्ष कमल थापाबीच अधिवेशनयता एक पटक भेटघाट भएपनि खासै गहन छलफल हुन नसकेको नेताहरुले बताएका छन्। कमल थापाले लिङ्देनलाई ध्यानाकर्षण गराउँदै लेखेको पत्रका विषयमा नेतृत्वले बेवास्था गरेको र थापालाई छलफलमै नबोलाएकाले पार्टी फुट नजिक पुगेको बताइएको छ।   

    कमल थापाले प्रतिस्पर्धामा भाग लिएर हारेपछि पार्टी फुटाउन आफू निकटका नेताहरुको भेला नै बोलाउन थालेको राप्रपाका एक महामन्त्रीले बताए। उनले भने, ‘कमल थापाले पार्टीभित्र प्रतिस्पर्धा गर्नुभएको हो, आन्तरिक प्रतिस्पर्धामा हारेपछि विभिन्न बहाना निकालेर पार्टी फुटाउने अभियान चलाउन लाग्नुभएको देखिन्छ।’ एकता महाधिवेशनको समयमा कार्यकर्ताहरुले कहिलेसम्म एकता महाधिवेशन भनिरहने? भन्ने प्रश्नको जवाफ दिदै कमल थापा, पशुपति समशेर राण र डा.प्रकाशचन्द्र लोहनीले एक साथ यो एकता महाधिवेशनपछि कहिल्यै एकता महाधिवेशन गर्न नपर्नेगरी पार्टी मिलेको भन्दै गितामा हात राखेर कसम खाएका थिए। 

     


    जीवन शर्मा
    लेखकबाट थप